रोनाल्डोले क्रिप्टोकरेन्सी (गुप्तमुद्रा)मा लगानी गर्न प्रशंसकलाई प्रोत्साहन गरेकोमा उनि बिरुद्ध १ बिलियन( १ अर्ब डलर) को मुद्धा दायर

इनेप्लिज २०८० मंसिर १५ गते ०:४४ मा प्रकाशित

बिश्वका महान भकुण्डो खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्ना प्रशंसकहरुलाई क्रिप्टोकरेन्सी(गुप्तमुद्रा) सम्बन्धि बिनान्स एनएफटीमा लगानी गर्न प्रोत्साहन गरेकोमा उनि बिरुद्ध १ बिलियन( १ अर्ब डलर) को मुद्धा दायर गरिएको छ ।

उनले बिनान्स एनएफटी लाई समर्थन गरेकोमा रोनाल्डोलाई १ अर्ब डलरको मुद्धा हालिएको सिबिएसन्यूजले जनाएको छ । रोनाल्डोले आफ्ना लाखौं प्रशंसक हरूलाई क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्स( गुप्तमुद्रा विनिमय )ले जारी गरेको क्रिप्टोकरेन्सी-सम्बन्धित “नन-फन्जिबल टोकनहरू” अर्थात् गैर अर्को उस्तै बस्तु सँग साट्न मिल्ने एनएफटीलाई प्रवर्द्धन गरेको आरोपमा कम्तिमा १ बिलियन क्षतिपूर्तिको लागि मुद्दाको सामना गरिरहेको सिबिएसन्यूजले उल्लेख गरेको छ ।

रोनाल्डोले २०२२ को विश्वकप अघि गत वर्ष नोभेम्बरमा बिनान्ससँग आफ्नो उद्घाटन-सिआर७ ” संग्रह सुरु गरेका थिए। एनएफटीजसको मूल्य लगभग ७७ डलर देखि १०,००० डलर सम्म थियो ।

सोमबारको मुद्धाले रोनाल्डोको बिनान्स साझेदारीको प्रवर्द्धनात्मक प्रयासहरू “अविश्वसनीय रूपमा सफल” भएको बताउँछ । रोनाल्डोले एनएफटिको घोषणा गरेपछि बिनान्स शब्द प्रयोग गरेर बिधुतिय (अनलाइन )खोजहरूमा ५०० % वृद्धि भएको आरोप लगाइएको छ।

गत सोमबार अमेरिकाको फ्लोरिडाको दक्षिणी जिल्लाको संघीय अदालतमा दायर गरिएको मुद्दामा रोनाल्डोको बिनान्सको प्रचार प्रसार तथा प्रवर्द्धन “छलपूर्ण र गैरकानूनी” भएको आरोप लगाइएको छ।

वादीहरूले रोनाल्डो जस्ता व्यक्तित्वहरूसँग बिनान्सको साझेदारीले उनीहरूलाई महँगो र असुरक्षित लगानीमा पुर्याएको दाबी गरेका छन् ।

बिज्ञापन (मार्केटिङ)साझेदारी अन्तर्गत रोनाल्डोले आफ्ना लाखौं प्रशंसक र समर्थकहरूलाई बिनान्समा लगानी गर्न प्रोत्साहित गरे, यद्यपि तिनीहरूमध्ये धेरै क्रिप्टोकरेन्सी वा उक्त मन्चसँग अपरिचित थिए भन्दै मुद्धामा आरोप लगाईएको छ ।

उनले अनुमोदन गरे पछि उनका प्रशंसकरूले लगानीहरू सुरक्षित हुन्छ भन्ने धारणा लिएका थिए । रोनाल्डोको अनुमोदन देखेपछि बिनान्सका उत्पादनहरू किनेका थिए। अन्ततः, तिनीहरूले पैसा गुमाए ,मुद्धामा भनिएको छ ।

प्रतिक्रिया