दिलको मान्छे तिमी………….

इनेप्लिज २०८० मंसिर १४ गते २:२४ मा प्रकाशित

दिलको मान्छे तिमी मेरो संसार हौ

तिमिलाई थाहा छ मेरो सबै थोक तिमि हौ

मेरो मनले धेरै कुरा महसुस गर्छ

तिम्रो सुन्दरताले मलाई आकर्षित गर्छ

मैले सबै कुरा सम्झे तिम्रो रोजाइमा म छु

तिम्रो लागि मेरो मन भित्रको भावना सुनाउँछु

तिमीले मलाई धेरै माया गरेको महसुस गराउँछौ

तिमि मेरो संसार, मेरो जीवन, मेरो माया, मेरो खुसी हौ

तिमीलाई मैले माया गर्छु, साँच्चै माया गर्छु

दिनको प्रत्येक पलमा मैले तिम्रै बारेमा सोच्छु

मलाई सबै थोक दियौ म तिमीलाई धन्यवाद दिन चाहन्छु

म धेरै भाग्यमानी छु किनकि तिम्रो रोजाइमा छु

म तिमी बिना हराउनेछु म धेरै खुसी छु

मैले सबै कुरा सम्झे तिम्रो रोजाइमा म छु

मलाई सबैले माया दियौ मलाई पनि माया गर्न देऊ

बिछोडको लामो समय पछि एक छिन भए पनि दर्शन देऊ

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया