डिसीमा एफबिआईका गुप्तचरको गाडी सशस्त्रद्वारा लुटियो ,आधा घण्टा भित्र गाडी फेला

इनेप्लिज २०८० मंसिर १४ गते ०:४१ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा एफबिआईका गुप्तचरको गाडी सशस्त्रहरुले कारज्याक अर्थात् जबर्जस्ती लुटे । तर आधा घण्टा भित्र चोरी भएको गाडी फेला परेको एनबिसीवाशिंटन (न्यूज४ )ले जनाएको छ ।

अमेरिकी संसद नजिकै उक्त घटना भएको छ । एक संघीय एजेन्ट अर्थात् जासुस डिसीमा बन्दुकधारीहरुद्वारा गाडी लुटपाटको शिकार बने ।

नोभेम्बर २९ बुधबारका दिन दिउँसो क्यापिटल हिल अर्थात् अमेरिकी संसदको पूर्वी छेउमा गाडी डकैत गरिएको एफबीआईले न्यूज ४ लाई पुष्टि गरेको छ।

एफबीआई वाशिंगटन क्षेत्र कार्यालय ,महानगर प्रहरी विभागको कार्यटोली अनुसन्धान गरिरहेको जनाईएको छ ।

डिसी प्रहरीका अनुसार प्रहरी अधिकारीहरूलाई डिसीको उत्तरपूर्व स्थित १२औ मार्गको १०० घर समूहमा बोलाइएको थियो। जुन लिंकन पार्क नजिकै रहेको थियो भने करिव ३:४५ बजे प्रहरीलाई खबर गरिएको थियो ।

चोरीको गाडी बरामद भएको डिसी प्रहरीले बताएको छ भने करिब २५ मिनेटपछि बेलुकी ४ः१० बजे १५ औं सडकमा फेला परेको थियो । दुई संदिग्धहरूले गाडी लिएर गएका थिए । ती दुई संदिग्धहरूको बारेमा अन्य विवरणहरू जारी गरिएको छैन।

गत बर्ष भन्दा डिसीमा सवारी साधन लुटपाट र चोरीको संख्या यस बर्ष दोब्बरभन्दा बढी भएको छ।

गत वर्ष ४३९ को तुलनामा २०२३ मा हालसम्म ९०६ कार ज्याकिङ(अर्थात् सवारी साधन जबर्जस्ती लुट्ने )का घटना भएको महानगरीय प्रहरी विभागको तथ्यांकले देखाएको छ । धेरै पीडितहरूलाई बन्दुक देखाएर लागिएको छ । तीन चौथाई भन्दा बढी अपराधहरूमा बन्दुकहरू संलग्न छन्।

प्रतिक्रिया