कुकुरको हत्या गरेको आरोपमा मेरिल्याण्ड प्रहरी बिभाग विरुद्ध १ करोड ६० लाख (१६ मिलियन )डलरको मुद्दा दायर

इनेप्लिज २०८० मंसिर १२ गते २:३३ मा प्रकाशित

कुकुरको हत्या गरेको आरोपमा अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी प्रहरी विरुद्ध १ करोड ६० लाख (१६ मिलियन )डलरको मुद्दा दायर भएको छ । सन् २०२१ मा कुकुरको हत्या गरेको आरोपमा प्रिन्स जर्जको काउन्टी प्रहरी विरुद्ध १६ मिलियन डलर मुद्दा दायर परेको हो ।

विभाग विरुद्ध चार व्यक्तिले १६ मिलियन डलरको मुद्दा दायर गरेका छन् । तीन अधिकारीहरूले २०२१ मा अवैध रूपमा उनीहरूको घरमा प्रवेश गरे र उनीहरूको कुकुरलाई गोली हानेर मारेको उनीहरुको भनाई छ । प्रहरी अधिकारीहरू मर्मत कार्यकर्ताको मुख्य साचो प्रयोग गरेर बिना पक्राउ पुर्जी आवासगृहमा प्रवेश गरेको उनीहरुको दाबी रहेको छ ।

प्रहरीले आफ्नो शरीरमा लगाएको अङ्कीयचित्रक (बडी क्यामरा ) अनुसार ढोका खोल्ने अधिकारीले घर मालिकको कुकुरलाई गोली हानेको उनीहरुले यसैलाई प्रमाणको रुपमा पेश गरेका छन् । उक्त घटना मेरिल्याण्ड राज्यको ल्यान्डओभर हिल्स आवासगृहमा जुन २, २०२१ मा भएको हो ।

घटनामा संलग्न तीनमध्ये दुईजना कर्मचारी तलबसहित प्रशासनिक जिम्मेवारीमा रहनेछन् भने तेस्रो अनुशासित भएर पूर्ण जिम्मेवारीमा फर्किएका छन् । अधिकारीहरू विरुद्ध कुनै आपराधिक मुद्दा दायर नगरिएको डब्लुजेएलए (एबिसी७ )ले समाचारमा उल्लेख गरेको छ ।

तस्बिर कृतज्ञता : प्रिन्स जर्ज काउन्टी प्रहरी बिभाग

प्रतिक्रिया