थाइल्याण्डमा विवाह समारोहमा दुलहाले आफ्नी दुलही र अन्य ४ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।
एक प्रसिद्ध थाई प्यारा-एथलीट( अपाङ्गता भएका खेलाडी) ले आफ्नो विवाहको स्वागत समारोह (रिसेप्शन)मा आफ्नी दुलही र अन्य चार व्यक्तिलाई गोली हाने पछि आफैंले आफूलाई गोली हानेको प्रहरीले सोमबार बताए ।
आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीया चतुरोङ सुक्सुकले गत शनिबार उत्तरपूर्वी थाइल्याण्डमा भएको विवाहमा दुलही कञ्चना पचुन्थुकलाई गोली हानी हत्या गरेको अधिकारीहरूले भने।
अन्य पीडितहरूमा बेहुलीकी आमा ६२ वर्षीया किङ्थोङ क्लाजोहो, उनकी कान्छी बहिनी ३८ वर्षीया कोर्ननिपा मानातो र पाहुना ५० वर्षीय थोङ नोन्खुन्थोड रहेको बैंकक पोस्टले जनाएको छ।
उनीहरूको निजी मामिलामा बहस भयो र चतुरोङ आफ्नो निजी गाडी (कार)मा गए र गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले चतुरङले आफ्नी दुलही र अन्य चार जनालाई गोली हाने पछि आफैले आत्महत्या गरेको सिबीएस समाचारले जनाएको छ । घाइते मध्ये एक गोली एक अतिथिलाई समेत लागेको थियो ।
प्रहरीले बीबीसीलाई दिएको जानकारी अनुसार चतुरोङ “त्यतिबेला एकदमै नशामा थिए” तर उनको वास्तविक उद्देश्य अझै स्पष्ट हुन सकेको छैन। उनले गत वर्ष कानुनी रुपमा बन्दुक र गोली हतियार किनेको प्रहरीले जनाएको छ ।
चतुरोङ बेहुलीभन्दा १५ वर्ष कान्छो भएको बैंकक पोस्टले समाचार लेखेको छ । चतुरोङ र कञ्चनाले विवाह गर्नुअघि तीन वर्ष सँगै बसेका थिए।
चतुरोङ एक पौडी खेलाडी थिए भने उनले इन्डोनेसिया र कम्बोडियामा २०२२ आसियान पारा खेलहरूमा दुई वटा रजत पदक जितेका थिए।
स्थानीय सञ्चारमाध्यमले उनी थाई सेनामा थिए भने सीमामा गस्तीका क्रममा आफ्नो दाहिने खुट्टा गुमाएका थिए।
तस्बिर कृतज्ञता : भेनगार्ड न्यूज
प्रतिक्रिया