संस्कृति एउटा जीवनधारा हो 

   पुरुषोत्तम पोखरेल  २०८० मंसिर ११ गते १२:११ मा प्रकाशित

              

कुनैपनि जाति या राष्ट्रको श्रेष्ठता या हिनताको बोध उसको संस्कृतिबाट हुनेहुँदा हामीले आफ्नो देश या समाजको उत्थान र पतन, उन्नति र अवनत्तिको तस्वीर उसको संस्कृतिको आधारमागर्ने गर्दछौं । हामी जन्मनासाथ आफ्नो अनुसार समाजिकरणको प्रक्रियामा भिज्न थाल्छौं । जसमा हाम्रो शिक्षा संस्कार परम्परा वा रितिरिवाज वातावरण र कार्यशैली आदिले समाजमा एउटा आधार तैयार पार्दछ । जुन समाजमा रहन्छौं त्यस समाजले हाम्रो ईच्छा आकांक्षालाई प्रभावित गर्दछ र हाम्रो ईच्छाहरुले पनि अरुको ईच्छाहरुलाई प्रभावित गरिरहने प्रक्रियाले अन्ततः समाज निर्माणको आकार प्रकारमा सहयोगात्मक भूमिका खेलेको हुन्छ । यस्ता परम्पराले हामीलाई धर्म र दर्शनको माध्यमबाट सत्य निकट पुर्याइ रहेको महसुस हुन्छ । त्यसैको प्रभावले हाम्रो जीवनमा धर्मपरायण यसरी कुटिएर भरिएको हुन्छ कि हामीलाई लाग्छ बाँकी रहेका हाम्रा अधुरा काम र सपनाहरू पाठपुजा या प्रार्थना गरेर पनि सम्पन्न हुन सक्छ भन्ने दृढविश्वास हामीमा जमेर बसेका हुन्छन् । यही श्रद्धा र आस्थाभित्र भयको गौण भूमिकाले हामीबीच काम गरिरहेको बोध भने हुन्न । बाल्यकाल देखी नै हामीलाई घर परिवारले शिक्षा र संस्कार यसरी दिएर हुर्काइएका हुन्छन कि हामिले झुठोबोल्दा,चोरीगर्दा पापलाग्छ या परस्त्रीमाथि कुदृष्टी राख्दा दण्ड सजाय भोग्नुपर्ने, बदनामी र त्रासको मनोविज्ञानले समाजलाई संयम र मर्यादित बनाउन खोजेको प्रष्टहुन्छ । यस प्रकारको प्राबधानहरुले हामी सबैलाई अनुशासित बनाउन, दु:खसुखमा साथदिने सौहार्द्रपूर्ण वातावरणले हामीमा एउटा उर्जा र आधार पारिरहेको हुन्छ । 

संस्कृतिसंग धर्म सभ्यता : अंग्रेजीको कल्चर  लेटिनको कल्ट फ्रान्सेलीको कोलेर शब्दको अर्थ खेतीगर्नु, बिकसितहुनु ,परिष्कृतहुनु या उत्तमस्थितिको रुपमा लिने गरिन्छप्रायः हामी धर्म संस्कृतिलाई एकसाथ संबोधनगर्ने गर्छौंजबकि धर्म संस्कृतिमा धेरै अन्तर छधर्म ब्यक्तिगत हुन्छ धर्मको सम्बन्ध आत्मा परमात्मा या मोक्ष प्राप्तिसंग मात्र नभई नैतिक मुल्यहरुको जग बसाल्ने दिशामा हुन्छजबकि हाम्रो जीवनलाई निरन्तर हाँकिरहने संस्कृति समाजको साझानिधि भएको कारण आपसमा लोकव्यबहारको चिज बनेको हुन्छसंस्कृतिले धर्मबाट प्रेरणा लिन्छ त्यसलाई प्रभावित गर्दछयसैगरि सभ्यता र संस्कृतिको बीचमा पनि ठूलो अन्तर छसभ्यता बाह्यरुप हुन्छ भने संस्कृति आन्तरिक रुप हुन्छसंस्कृतिको सम्बन्ध आत्मासंग भने सभ्यताको शरीरसंग हुन्छअर्को हिसाबले भन्नुपर्दा जबहामी कुनै चिजबाट प्रेरित हुन्छौं त्यो संस्कृति होजब त्यस प्रेरणाबाट कुनै आविष्कार गर्छौ भने त्यो सभ्यता होयदि फुल सभ्यता हो भने उक्त फुलको सुगन्ध संस्कृति मानिन्छन् । 

सांस्कृतिक विशेषता : देशको भौगोलिक परिवेश हावापानी अनुसारको जातजाति पहिरन भाषा संगीतकला चालचलन संस्कार परम्परा जीवन पद्धति एउटा महत्वपूर्ण पक्ष मानिन्छयस समाजभित्र रहेका जाति प्रजाजातिहरुलाई एउटा निश्चित विधि चलन आआफ्नो परम्पराहरुको अन्तर्बस्तुलाई संस्कृतिले बाँधेर अघि बढाएको हुन्छसमष्टिमा संस्कृति आदर्श र मुल्यहरुको ब्यबस्था होजसलाई देशको संविधान भन्दा दिगो विश्वसनीयताको धरातलमा सनातन कालदेखि चल्दै आएका छ्नहाम्रा सामाजिक र आध्यात्मिक मुल्यहरुलाई जिवन्त राख्ने यी चाडपर्वहरुमा दशैं तिहार छठ, जात्रा ल्होसार याख्खा मेचे तमु परम्परा जस्तै प्रकृति पुजा, पितृपुजा कुलपुजा, धाननाच, देउडा र मस्टो परम्परा, किराँत थारु यादव मैथिली शेर्पा लेप्चा दनुवार चेपाङ मगर जिरेल थकाली लगायत अल्पसंख्यक लोपोन्मुख जातिहरुले मनाउने प्रथा चलन उत्सवहरु सद्भावको प्रतिक हुनआजपनि सामाजिक विभेद असमानता रहँदापनि हिन्दुको बीचमा मुस्लिम, माथिल्लो जातिको बीचमा तल्लोजाति, तराई समुदायको बीचमा पहाडे समुदाय, धनीको बीचमा गरिब, शिक्षितको बीचमा अशिक्षित तथा बहुसंख्यकको बीचमा अल्पसंख्यक सबैजाति समुदायहरुको संस्कृतिले एक अर्काबीच एकता भाईचारा सहिष्णुता कायमगर्ने विविधतायुक्त संस्कृतिले हामीलाई साझारुपमा रहन र बाँच्न सदैब अभिप्रेरित गरिरहेका हुन्छन ।  

यसो भनिरहँदा हाम्रा पुस्ता दरपुस्ताबाट हस्तान्तरण हुँदै आएका रितिरिवाज परम्परा  आजको परिबर्तित अवस्थामा कसैलाई असान्दर्भिक र अविश्वसनीय लाग्न सक्छ । कतिपय परम्परा र संस्कार कतिपयको नजरमा अन्धविश्वासी आडम्बरी तथा अब्यबहारिक पनि हुनसक्छ । यस्ता परम्पराहरुलाई समय साक्षेप सुधार या परिमार्जन जरुरी हुन्छतर सुधारको नाउँमा आफ्नो मौलिक सांस्कृतिक स्वरुपलाई कुरुप बनाउनु भने होइनयसको मुलसंरचनामा दखल नपुर्याइ गरिने सुधार  स्वस्थ्य संस्कृतिको मांग पनि होयस्ता सांस्कृतिक मुल्यहरुले मानिसको आन्तरिक जीवनसंग जोडिएका हुन्छन् जसले के सही के गलतको आधारमा ब्यक्तिलाई दिशानिर्देश गराउने संस्कृतिले हरपल सुसंस्कृत गराइ रहेका हुन्छन्    

सभ्यता र सांस्कृतिक इतिहांस :   नेपाली संस्कृतिको इतिहास करिब दुईहजार बर्षको आसपास मानिएपनि पौराणिक ग्रन्थ अनुसार हिमपर्वत शृङ्खला मुनि बसोबासगर्ने मानवजातिको इतिहास भने प्राचीन मानिन्छकाठमाडौ उपत्यकामा शासनगर्ने लिच्छवि शासन कालबाट आरम्भ भएपछि मल्लवंशका राजा पृथ्वी मल्लले नेपालको दुल्लु स्थित स्तम्भमा आफ्ना वंशावली अंकित पुस्ता दरपुस्ताहरुको पुरानो अभिलेख पाइन्छजतिबेला भारतमा मगध कोशल तथा उज्जैन जस्ता प्रसिद्ध राज्यहरुको कालखण्ड थियोत्यसपछि नेपाललाई कामरु विदेह उदुम्बर अवन्ती कैकयको चर्चाबुटवल निकट रामापिथोकसको प्राचीन मानव अवशेष अनि नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्त्तिसोपान र कलियुगमा नेपाल नामको चर्चा परिचर्चा रहेका थिएयसका अतिरिक्त पुराण,धार्मिक ग्रन्थहरुमा, महापुरुष विद्वानहरुको अभिलेख आदिको आधारमा नेपाली संस्कृति अनुपम एवं प्राचीन भूमिको रूपमा उल्लेख गरिएका छन् । 

सांस्कृतिक महत्त्व संस्कृति कुनै बाहिरी बस्तु होइन, नत सजाउने गहना नै होयो त्यो गुण हो जसले मानवबाट मानक बनाउँछ सांस्कृतिक जीवनको अर्थलाई प्रष्ट्याएको हुन्छ । यही विश्वास परम्परा आध्यात्मिक भौतिक तथा बर्तमान जीवनशैलीमा अन्तर्निहित रहेका हुन्छन् नेपालजस्तो बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक बीचको एकता सदभावले जीवनको अर्थ बाँच्नेकला सिकाएको हुन्छयस्तो संस्कृतिसंग मानिसको अन्योन्यासृत सम्बन्धलाई अलग्याउन सकिन्न । 

अतनेपाल छुट्टै बिशिष्टताले भरिएको देश होजहाँ देवी देवताहरुको पबित्र जन्मभूमि, ऋषीमुनीहरुको तपोभूमी, शिव गोरखनाथको विशिष्ठ्भूमी, बुद्धको शान्तिभूमि अनि पौराणिक ग्रन्थहरुको वर्णनले नेपाल अत्यन्तै प्राचीनभूमीको रुपमा बर्णन गरिएको नेपाली माटोको ऐतिहांसिक महत्व सांस्कृतिक वैभव धरोहर बहुअमुल्य निधिको रूपमा रहेका छ्नयद्यपि आज हामी आर्थिकरुपले पछि परेपनि साँस्कृतिक एवं ऐतिहासिक रुपले नेपाल विश्वको वैभव मुलुकमा पर्दा कम्तिमा गौरब गर्न पाइएको छ 

यसअर्थमा नेपालको सांस्कृतिक महत्त्व र इतिहास रोम मिश्र युनान सुमेर चीनको भन्दा कम छैन । अनेकतामा एकता, बशुधैब कुटुम्बकम ,सहिष्णुता र उदारबाद नेपाली संस्कृतिको महत्वपूर्ण पक्ष हुनजहाँसबै संस्कृतिका मानिसहरु आफ्ना पिरमार्का बिर्सेर एउटा परिवारको रुपमा बस्ने रमाउने संस्कृतिले पर्याप्त जीउने आधार तैयार पार्दछ ।  जुन विभिन्न जातजातिहरुको आआफ्नो जीवनशैलीबाट अभिब्यक्त्त हुने गर्दछ ।  नेपालको उत्कृष्ट संस्कृति भएकै कारण पश्चिमा राष्ट्रहरु समेत हाम्रो बहुमुल्य संस्कृतिको अनुशरण नतमस्तक हुँदै आएका छ्ननेपाली संस्कृतिको यही विश्वब्यापी हुनुको रहस्यलाई हामी सबैले बेलैमा ठम्याउन सक्नुपर्छ । 

चुनौतीहरुनिश्चय पनि बढदो आधुनिकरण वैश्वीकरणको असर हरेकक्षेत्रमा पर्दा त्यसबाट नेपाली संस्कृति अछुतो रहन सक्दैनआजको मानिस भौतिक सुख प्राप्तगर्ने चक्करमा रातदिनको दौडधुपले बुढ्यौलीसम्म पुर्याएको देख्छौ तर पनि आनन्द शान्ति पाउन सकिरहेका हुँदैननभौतिक सम्पन्नताले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने रहेछब्यक्तिको शरीर तृप्त भएपनि उसको मन आत्मा अतृप्त रहेका हुन्छन् । जबकि संस्कृति मनको सुख शान्तिकोलागि आवश्यक मानिन्छ 

आजको परिबर्तित अवस्थामा सधैं एउटा कुरा मनमा उब्जिन्छ बर्तमान समाजको नेतृत्व कसले गर्दछ ? परिबर्तनको काम टेक्नोलोजीले गर्छ तर समग्र समाजको नेतृत्वको नि ? जब परिबर्तनको शक्ति कुनैदल  या एउटा समूहको हातमा राज्यसत्ता केन्द्रीत हुन्छ भने त्यसको प्रतिकार या निर्देशन त्यसको मुलनेतृत्व मौन बस्दाको दुष्प्रभाव नेपाली समाज यस्तै राजनीतिको शिकार हुन पुगेको सामान्य जनताका शिक्षा स्वास्थ्य रोजगारीको अभावको कारण उनिहरुका तमाम आकांक्षाहरु थाती राखिएका छनझण्डै एक तिहाइ जनता गरिबीको रेखामुनि बाँच्न विवश जिन्दगीले आफुलाई बचाएर संस्कृतिलाई पनि बचाउने चुनौतीले गर या मरको अवस्थामा उभ्याइदिएको यस्तो बाध्यकारी परिस्थितिमा शारीरिक आवश्यकता पूरा नगरी मानसिक सन्तुष्टि पुरागर्न सकिन्नआर्थिक समस्याहरुको कारण जनमानसमा संस्कृतिप्रति अनास्था जाग्ने, आफ्ना मूल्य मान्यता तथा नैतिकता संकट उत्पन्न गराउँछ 

कहिले ब्यबस्था परिवर्तन,सरकार परिबर्तन, लोकतन्त्र सुध्रीकरण, कहिले हिन्दुधर्म संस्कृतिको आत्माशब्द हटाउने जस्ता दुस्साहस म्लेक्ष संस्कृतिप्रतिको स्वामीभक्त्तिलाई सहजै बुझ्न सकिन्छदेशका भ्रष्टनेताहरु कथाकथित बुद्धिजीवी बर्गको आशीर्वाद र अनुकम्पाको कारण हाम्रो जीवनको सुरक्षा संस्कृतिको रक्षामा समेत बाधक बनेर उभिएको  

सारांश : बस्तुत: संस्कृति एउटा जीवनधारा होहाम्रो समाजमा गुरु आमाबुबालाई भगवान मान्ने, दु:खपर्दा सहयोगगर्ने, बटुवालाई चौतारा बनाउने ,बृद्धबृद्धालाई सम्मानगर्ने, सानालाई मायागर्ने अनि समाजमा प्रेम सद्भाव र सहिष्णुता कायम गरेर औंला समाएर हिंड्न सिकाउने संस्कृति ज्ञानविज्ञानले भरिएको जीवनोपयोगी रहेका छन्यस्ता संस्कृतिले ब्यक्तिमा असल संस्कार,सामाजिक एकता सद्भावलाई दर्शाएको हुन्छनेपाली संस्कृतिको यिनै महिमा राष्ट्रको गरिमाको द्योतक हुनाले यसको संरक्षण र सम्बर्द्धनको गम्भीर जिम्मेवारी आजको नयाँपुस्ताको काँधमा आएको ।  

– पुरुषोत्तम पोखरेल 

प्रतिक्रिया