रिहा गरिने मध्ये अमेरिकी नागरिक पनि आईतबारको सूचीमा

इनेप्लिज २०८० मंसिर १० गते १३:०० मा प्रकाशित

हमास र इजरायल बीचको अस्थायी युद्धविराम लागू भएपछि पहिलो पटक अमेरिकी नागरिक पनि आइतबार रिहा हुने बन्धकहरूको सूचीमा रहेको एक इजरायली अधिकारीले सिएनएनलाई बताए ।

ह्वाइट हाउसले यसअघि हमासले बन्धक बनाएका ३ अमेरिकी नागरिक युद्धविरामको क्रममा रिहा हुने आशा व्यक्त गरेको थियो।

तीमध्ये दुई महिला र एबिगेल इडान नामकी एक ४ वर्षीया बालिका समावेश छन् जसलाई अक्टोबर ७ मा हमासको क्रूर सीमापार आक्रमणको क्रममा गाजामा बन्दी बनाइएको थियो।

राष्ट्रपति जो बाइडेनले गत शुक्रबार पत्रकारहरूलाई अमेरिकी नागरिकहरू कहिले रिहा हुनेछन् भनेर थाहा नभएको तर यो उनको आशा र अपेक्षा छिट्टै पुरा हुने बताएका थिए ।

प्रतिक्रिया