जीवन विज्ञान अमेरिकाद्वारा रक्तदान आयोजना ,हालै नयाँ कार्यसमिति गठन

इनेप्लिज २०८० मंसिर १० गते ११:११ मा प्रकाशित

जीवन विज्ञान अमेरिकाको तेस्रो वार्षिकोत्सव एवं जीवन विज्ञानका संस्थापक सद्गुरु रमेश नेपालले सम्बोधी प्राप्त गर्नुभएको पावन दिनको अवसरमा जीवन विज्ञान अमेरिकाले आज अमेरिकाको भर्जिनियामा रक्तदान कार्यक्रम आयोजना गर्यो ।

आइनोभा रक्त केन्द्र (आइनोभा ब्लड सेन्टर) मा बिहान ९ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रममा जीवन विज्ञान अमेरिकाका संस्थापक अध्यक्ष शिव लामिछाने तथा कार्यसमितिका कार्यप्रभारीहरू मधु पन्थी, पुरु सुवेदी, डा. कल्पना सत्याल, बद्री खनाल, दोबा ढकाल, मनिस पोख्रेल, अर्जुन शाहीसहित स्थानीय नेपाली मूलका युवाहरू तथा गैर नेपाली मूलका नारी पुरुषसमेत २४ जनाले रक्तदान गर्नुभयो । यसरी रक्तदान गर्ने अन्य स्थानीय बासिन्दाहरू विश्व थापा, सुशील राउत, उज्ज्वल ढकाल, भीम रेग्मी, सीता रेग्मी, शारदा ढुङ्गाना, वासु सत्याल, प्रेम पौडेल, हेमन्त अधिकारी, मनिस पौडेल, यामी गुल्ड, प्रजेश तिम्सिना, कल्पना सुवेदी, सागर सुवेदी, इलाना अलेक्जेन्डर, सजाद अली हुनुभयो । डा. कल्पना सत्यालको संयोजनमा भएको यो रक्तदान कार्यव्रmम जीवन विज्ञान अमेरिकाले आइनोभा रक्त केन्द्रसँग सहकार्य गरी दोस्रो पटक आयोजना गरेको हो । जीवन विज्ञान अमेरिकाको दोस्रो वार्षिकोत्सवका अवसरमा गत वर्ष सन् २०२२ को मंसिर १८ मा पहिलोपटक रक्तदान कार्यव्रmम आयोजना गरिएको थियो । गत वर्ष ३४ जनाले रक्तदान गरेका थिए ।

यसैबीच जीवन विज्ञान अमेरिकाको नयाँ कार्यसमिति, बोर्ड अफ डाइरेक्टर्स तथा प्रशिक्षक परिषद गठन भएको छ । नोभेम्बर ४ मा भएको जीवन विज्ञान अमेरिका कार्यसमितिको बैठकले विधानअनुसार यी समितिहरुको गठन गरेको हो । जीवन विज्ञान अमेरिकाका संस्थापक अध्यक्ष शिव लामिछानेको अध्यक्षतामा भएको सो बैठकले शिकागो निवासी सुशील शर्माको सभापतित्वमा आगामी ४ वर्षका लागि १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिमा टेक्सासबाट कैलाशमोहन कायस्थ, सान फ्रान्सिस्को क्यालिफोर्नियाबाट विजया सुवेदी, लस एन्जल्स क्यालिफोर्नियाबाट मुकुन्द दवाडी, केन्टकीबाट डा लक्ष्मीनारायण ढकाल, भर्जिनियाबाट परशु तिमल्सिना, न्युजर्सीबाट शान्ता घिमिरे अधिकारी, पेन्सिलभेनियाबाट कृष्ण रेग्मी, न्युयोर्कबाट डा. प्रजापति सापकोटा, मेरिल्यान्डबाट डा. उत्तम गौली, माया श्रेष्ठ र लोक तिवारी तथा क्यानडाबाट शालिग्राम अर्याल, थानेश्वर सुवेदी र प्रियम्बदा आचार्य रहनुभएको छ ।

विधानमा गत अक्टोबरमा भएको पहिलो संशोधनपछि पहिलोपटक गठित बोर्ड अफ डाइरेक्टर्स भर्जिनिया निवासी मधु पन्थीको अध्यक्षतामा अन्य ८ जना सदस्य चयन हुनुभएको छ । चार वर्षको कार्यकाल रहेको उक्त समितिमा जर्जियाबाट डा. नन्द जोशी, क्यालिफोर्नियाबाट डा. टीका लंसाल, नर्थ क्यारोलाइनाबाट राधा पौडेल, भर्जिनियाबाट कमला खरेल, क्यान्ससबाट गीता मैनाली, टेक्साबाट रामकुमार महतो र न्युयोर्कबाट मेनका पराजुली चयन हुनुभएको छ ।

यसै गरी जीवन विज्ञान अमेरिकाको प्रशिक्षक परिषदका संयोजकमा मेरिल्यान्ड निवासी लोक तिवारी चयन हुनुभएको छ । उहाँको संयोजनमा चयन भएको परिषदका उपसंयोजक रचना सुवेदी (नर्थ क्यारोलाइना) र सदस्यहरु विनायक शर्मा (क्यालिफोर्निया), टीका अधिकारी (केन्टकी), परशुराम भण्डारी (भर्जिनिया), अन्जु चुडाल (टेक्सास) र अनिता खड्का (पेन्सिलभेनिया) हुनुहुन्छ ।

जीवन विज्ञान प्रतिष्ठान नेपालका संस्थापक सद्गुरुद्वय रमेश नेपाल र भानु शर्माको समुपस्थितिमा हिजो नोभेम्बर २४ मा जीवन विज्ञान अमेरिकाको नयाँ समितिका कार्यप्रभारीहरुलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

सन् २०२० को सेप्टेम्बर २२ मा अमेरिकामा दर्ता भएको जीवन विज्ञान अमेरिका नेपालमा १३ वर्षअघि स्थापना भएको जीवन विज्ञान प्रतिष्ठानको पहिलो अन्तर्राष्ट्रिय शाखा हो । जीवन विज्ञान अमेरिकाको स्थापना पछि हाल अमेरिका र क्यानडाबाट नेपाल गएर २८० घन्टाको पूर्ण तालिम पूरा गरी प्रशिक्षक बन्ने नेपाली मूलका व्यक्तिहरुको संख्या ७० नाघिसकेको छ भने जीवन विज्ञान अमेरिकाले हाल अमेरिकाका विभिन्न राज्य र क्यानडाका विभिन्न समयक्षेत्रबाट दैनिक ११ बिहानी सत्रका जीवनयोग प्रयोगशाला सञ्चालन गरी योग प्राणायाम र ध्यानको प्रशिक्षण अभ्यास गराइरहेको छ । यस्ता प्रयोगशाला अधिकांश जुमबाट चलेका छन् भने क्यालिफोर्निया, नर्थ क्यारोलाइना, भर्जिनिया र मेरिल्यान्डमा साप्ताहिक र मासिक रुपमा सञ्चालन भइरहेका छन् ।

जीवन विज्ञान अमेरिकाले प्रशिक्षकहरुबाट छिटै अंग्रेजी र हिन्दी भाषामा प्रयोगशाला सञ्चालन गर्ने तयारी गरेको जानकारी गराएको छ । जीवनविज्ञानका यस्ता दैनिक प्रयोगशालामा सहभागीहरुले निशुल्क प्रवेश गरी साधना गर्न सक्ने कुरा पनि जीवन विज्ञान अमेरिकाले जानकारी गराएको छ ।

प्रतिक्रिया