डिसीमा महाबिद्यालय(कलेज) अध्ययन गर्न जादै गरेकी महिलालाई दिन दहाडै रेलयान भित्रै यौन आक्रमणको प्रयास गर्ने संदिग्ध पक्राउ

इनेप्लिज २०८० मंसिर ७ गते २१:०९ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा महाबिद्यालय(कलेज) अध्ययन गर्न जादै गरेकी एक महिलालाई दिन दहाडै रेलयान(मेट्रो ट्रेन) भित्रै यौन आक्रमणको प्रयास गर्ने संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

एक व्यक्तिले लोहपथयान(रेल)मा महिलालाई डरलाग्दो आक्रमण गरी बलात्कार गर्न खोजेको प्रहरीले जनाएको छ । प्रहरीले पीडितको चोरीको घुम्ती यन्त्र (मोबाइल ) पत्ता लगाई शंकास्पद व्यक्तिलाई फेला पारेको जनाएका छन् ।

गत नोभेम्बर १६ बिहिबारका दिन दिउँसो महानगरिय लोहपथयान( मेट्रोको रेडलाइन)मा उक्त बलात्कारको प्रयास गरिएको थियो । अभियोग कागजातका अनुसार पीडितले महाबिद्यालयको लागि कक्षा लिन डिसीको ग्लेनमन्टबाट रेलयानमा चढेकी थिइन् । उनले २३ वर्षीय मेखी थोमसलाई व्हीटनमा रेल चढेको बताइन । रेलयानमा उनीहरु दुई जना मात्र थिए भनि एनबिसी४ ले उल्लेख गरेको छ ।

अदालतको कागजात अनुसार उनले बलत्कारको कोसिस गर्दा उनले धकेलिन । उक्त संदिग्धले आफ्नो हातबाट घुम्तीयन्त्र(सेलफोन )लिएर गएका थिए । थोमस सिल्भर स्प्रिङ स्टेशनमा रेलयानबाट ओर्लिए पछि त्यहाँ जडान भएका अङ्कीयचित्रक (क्यामेरा)ले उनको राम्रो तस्बिर खिचेको प्रहरीले बताए ।

प्रतिक्रिया