अमेरिका र क्यानडा बीचको नायाग्रा फल्स सिमानामा गाडी विस्फोट ,दुई जनाको मृत्यु

इनेप्लिज २०८० मंसिर ६ गते २३:२२ मा प्रकाशित

अमेरिका र क्यानडा बीचको नायाग्रा फल्स ( झर्ना) सिमानामा भएको गाडी विस्फोटको अनुसन्धान एफबीआईको बफेलोको कार्यलयले गरिरहेको एनविसिवासिॅगटनले जनाएको छ ।

यस विषयमा जानकारी दिएका चार वरिष्ठ कानून प्रवर्तन अधिकारीहरूले एनबीसी न्यूजलाई एक गाडी धेरै उच्च गतिमा पुलको नाकाको संरचनामा ठोक्किए गाडीमा आगो लागेको र पछि बिष्फोट भएको बताए ।

गाडी भित्र रहेका दुई जनाको मृत्यु भएको छ । इरी काउन्टीका कार्यकारी मार्क पोलोनकार्जका अनुसार अमेरिका र क्यानडाबीचको पश्चिमी न्यूयोर्कमा रहेको रेन्बो पुल र सबै नाकाहरू सावधानीका रूपमा बन्द गरिएको थियो। तर पछि खोलिएको छ ।

न्यूयोर्ककी गभर्नर क्याथी होचुलले दुर्घटना हुनु अघि गाडी एकदम उच्च गतिमा कुदाईएको बताइन । होचुलका अनुसार अमेरिका र क्यानडाबीचको रेन्बो पुलमा भएको विष्फोट आतंकवादी हमला हो भन्ने कुनै सङ्केत नभएको जानकारी गराएकी छिन ।

यसै गरि एमट्रयाक रेल न्यूयोर्क राज्य र क्यानाडा बीचको सीमापार सेवा अस्थायी रूपमा निलम्बित गरिएको थियो । क्यानडाली अधिकारीहरूले रेन्बो पुलमा घटनामा संलग्न सवारी साधनको दर्ता भएको मालिकको पहिचान गरेका छन् ।

प्रतिक्रिया