दाताहरुबाट थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता संगै नेपाली घरको एघारौं साघारण सभा सम्पन्न

नातिबाबु भट्ट २०८० मंसिर ६ गते ११:४९ मा प्रकाशित

नोभेम्बर २१, २०२३
कोलोराडो, अमेरीका

कोलोराडोमा सकृय नेपाली भाषी समुदायको साझा संस्था नेपाली घरको एघारौं साधारण सभा गत आईतबार एक समारोह बिच सम्पन्न भयो ।

हेल्पिङ हेण्डका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी समाजसेवी नारायण श्रेष्ठ, समाजसेवी डा बिजयराज शर्मा, नेपाली घरका सल्लाहकार द्वय पुरुषोत्तम पाण्डे, रमेश गुरूङ र नेपाली घर का अध्यक्ष जगदीश चन्द्र ढकाल बाट संयूक्त्त रूपमा पानसमा बत्ती बालेर उद्धाटन गरिएको ११ औ साधारण सभामा कोलोराडो स्थित प्रायः सबै संघ संस्थाका अध्यक्ष एबं प्रतिनीधी, बुद्धिजिवी, उद्योगी, व्यवसायी, गन्यमान्य, समाजसेवी, दाता, पत्रकार, नेपाली घरका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।

नेपाली सांस्कृतीक केन्द्र भवनमा सम्पन्न कार्यक्रमा नेपाली घरका निवर्तमान अध्यक्ष लछुमन रानाले हालै खरिद नेपाली सांस्कृतिक केन्द्र भवनको मर्मत संभार तथा सिटी संग भए गरेका कृयाकलापको प्रगती बिवरण प्रश्तुत गरेका थिए । त्यसैगरी महासचिव भोला कटुवालले संस्थाको चुनौति र अवशर, अध्यक्ष जगदिशचन्द्र ढकालले भावी योजना र कार्यक्रम, कोषाध्यक्ष राजु खनालले आर्थिक प्रतिवेदन, प्रश्तुत गरेका थिए । प्रस्तुत भएका प्रतिवेदन लाई छलफल एव् राय का साथ सहमति जनाइएको थियो । प्रतिवेदन प्रश्तुत गर्ने क्रममा कोषाध्यक्ष खनालले सांस्कृतीक केन्द्रको पूर्ण संचालन र ऋण मुक्ती का लागी झण्डै थप ८ लाख डलर अवश्यक रहेको बताए ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथी तथा अतिथीहरूले शुभकामना मन्तब्य सहित आ‒ आफ्ना धारणा राखेका थिए । यसरी धारणा राख्ने क्रममा १ घर १ हजारको अभियानलाइ ब्यापक बनाउनु पर्ने, संस्थाको बिधान परिमार्जित गर्दा सबैलाइ सगेट्ने बातावरण सृजना गर्नु पर्ने सुझाव दिदै, आफुहरू थप सहयोग जुटाउनका लागी प्रतिबद्द रहेको र लागी पर्ने बताए ।

यसरी शुभकामना मन्तव्य सहित थप सहयेगको प्रतिबद्दता जनाउनेहरूमा कार्यक्रमका प्रमुख अतिथी समाजसेवी नारायण श्रेष्ठ, समाजसेवी डा. बिजयराज शर्मा, नेपाली घरका सल्लाहकार द्वय पुरुषोत्तम पाण्डे, रमेश गुरूङ, ब्लड डोनर्स अफ अमेरीकाका केन्द्रिय उपाध्यक्ष भुषणलाल श्रेष्ठ, नेपाली घरका पूर्व अध्यक्ष योगराज गौतम, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगाले रहेका छन् । यसैगरी सो कार्यक्रम लाई जनसंर्पक समिती कोलोराडोका अध्यक्ष गणेश भण्डारी, समाजसेवी गंगा चौलागाइ, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राजु सीटौला, एनआरएन कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष समाजसेवी बासु खनाल, एनआरएन अमेरीकाको केन्द्रिय सदस्य नवराज न्यौपाने, च्याप्टरका पूर्व अध्यक्ष तथा समाजसेवी कुमारजंग कार्कि, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल तमुधिका उपाध्यक्ष भुवन गुरूङ, मगर संघका अध्यक्ष कृष्ण मगर सहितले संबोधन गर्दै सहयोग जुटाऊने प्रतिबद्धता जनाएका हुन ।

कार्यक्रममा गत दीपावलीको अबसरमा नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ सम्पन्न देउसी भैलो कार्यक्रमका संयोजक द्वय बासुदेव खनाल र नवराज न्यौपानेलाइ देउसी भैलो कार्यक्रमको सफलताकापूर्वक संयोजन गरेकोमा सो को ऊच्च मूल्यांकन गर्दै खादा सहित प्रशंसापत्र प्रदानगरी सम्मान गरिएको थियो ।

नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा, उपाध्यक्ष बसन्त लंसालले शुभकामना मन्तब्य दिएका थिए भने महासचिव भोला कटुवालले कार्यक्रम संचालन गरेका थिए ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया