जाजरकोटका भूकम्प पीडितको उद्धारमा जुटे जिफन्टका कार्यकर्ताहरु

वीरेन्द्र रावल २०८० मंसिर ५ गते १२:२९ मा प्रकाशित

वीरेन्द्र रावल

धनगढी, मंसिर ५÷ अचानोको पीर बन्चरोलाई होईन , अचानोलाईनै हुन्छ । भन्ने कुराको आभाष र अनुभूति गर्दै मजदुरहरुले । निर्माण गरेको घर भत्किदा त्यसको पीर मर्का घरमा बस्ने र बनाउने दुवैलाई हुने गर्दछ भन्ने कुराको महसुस गर्दै मजदुरहरु पिडितहरुको घाउमा मलहम पट्टी गर्न जाजरकोट र रुकुम तीर सोझिएका छन् ।

एउटा नेपालीलाई परेको पिडा अर्को नेपालीले महशुस गर्न सक्नु पर्दछ भन्ने कुरालाई जनताका माझ सन्देश दिनका लागि पनि नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को टोली जाजरकोट पुगेर पुनर्निर्माणमा जुटेको छ २०८० कार्तिक १७ गते राती गएको विनाशकारी भूकम्पबाट प्रताडित भएका जनताको पीर मर्कामा साथ दिनका लागि र आहातमा परिणत भएका जनताको राहतका लागि क्षति भएका क्षेत्रमा पुगेर जिफन्टको टोली पुनर्निर्माण जुटेको

कुरा जिफन्टका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठले जनाएका छन् ।


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिम प्रदेशका अध्यक्ष जीत बहादुर मल्लको नेतृत्वमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष ललित चन्द लगायतका टोली पनि जाजरकोट पुगेर पुनः निर्माणमा जुटेको छ ।

जाजरकोट र रुकुममा देशभरिबाट ७५ जना सहभागी टोलीमा केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ सहित सहभागी रहेको बताइएको छ । सो पुनर्निर्माण टोलीमा सुदूरपश्चिमबाट जिफन्ट अध्यक्ष जित बहादुर मल्लको नेतृत्वमा ९ जनाको टोली जाजरकोट पुगेको छ ।

कार्तिक ३० गते जाजरकोट पुगेको टोलीले आफ्नो बस्ने टहरा निर्माण गरेको थियो भने सो टोलीले भत्केका घरहरुका काठ दाउरा र ढुंगाहरु पन्छाउने कार्य गरिरहेको बताइएको छ ।

मानिसहरुको पिडामा साथ दिन र राज्यका निकायसंग हातेमालो गरेर पुनर्निर्माणको काम थालिएको कुरा जिफल्टका सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष जीत बहादुर मल्लले बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम अध्यक्ष ललित चन्दले भने पुनर्निर्माणको काममा हामी जुटेका छौँ, कम्तीमा ५ दिन भत्केका घरहरू सफा गर्न लाग्ने छ, त्यसपछि वासस्थानका लागि घर निर्माणमा हाम्रो टोली लाग्ने छ ।”
हामीले १५ दिनसम्म यहाँ रहेर काम गर्ने भनेका छौँ उनले भने “हाम्रो टिममा अझै साथीहरू थपिनुहुन्छ होला १५ दिनमा हामी धेरै काम गर्न सक्नेछौँ, हामी जस्तै अन्य क्षेत्रबाटपनि स्वयंसेवक खटिएका छन् । नेकपा एमालेले एक हजार स्वयंसेवक खटाउँदै छ ।

देशमा आपत र विपद् पर्दाका बखत नेकपा एमालेले जनताको पिडामा जहिले पनि साथ र सहयोग दिदै आएको र भुकम्पले आहातमा परिणत भएका रुकुम र जाजरकोटबासीहरुको पिडामा पनि साथ दिनका लागि साथीहरु अहोरात्र खटिएको कुरा नेपाल यातायात स्वतन्त्र युनियनका सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष ललित चन्दले बताएका छन ।

यसैगरी नेकपा एमाले निकट युवा र विद्यार्थीहरुपनि रुकुम र जाजरकोटमा पुगेको कुरा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीका सदस्य मिन बहादुर सिंह र अनेरास्ववियू सुदूरपश्चिम प्रदेश कमिटीका संयोजक मनोज राई लगायतका नेताहरु पनि पुनःनिर्माण कार्यमा जुटेका छन् ।

नेकपा एमाले कैलाली र सुदूरपश्चिम प्रदेश कमिटी तथा नेकपा एमाले केन्द्रिय कमिटीले समेत भुकम्प प्रभावित क्षेत्रमा गएर पुनः निर्माण र उद्धारमा जुट्नका लागि निर्देशन दिएपछि नेकपा एमालेका नेता कार्यकर्ताहरुले प्रभावित क्षेत्रमा जुटेका हुन ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया