अमेरिकी राष्ट्रपति बहस आयोगद्वारा २०२४ को लागि मिति र स्थानहरू घोषणा

इनेप्लिज २०८० मंसिर ५ गते २:४५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति बहस आयोगले २०२४ को लागि मिति र स्थानहरू घोषणा गरेको छ ।

राष्ट्रपतीय बहस सम्बन्धी गैर-पक्षीय आयोगले सोमबार अर्को वर्ष अर्थात् २०२४ को राष्ट्रपति र उपराष्ट्रपतिको बहसको लागि मिति र स्थलहरू समेत घोषणा गरेको छ ।

आयोगले चार महाबिद्यालय (कलेज )र विश्वविद्यालयहरूलाई आम चुनाव अघि कार्यक्रमहरू आयोजना गर्न छनोट गरेको छ । आयोगले घोषणा गरेका मिति तथा शहरहरु यस प्रकार रहेका छन् ।

पहिलो राष्ट्रपति बहस सेप्टेम्बर १६ मा टेक्सस स्टेट युनिभर्सिटी सान मार्कोस, टेक्सस ,सेप्टेम्बर २५ मा पेन्सिलभेनियाको लफाएटे कलेजमा उपराष्ट्रपतिको बहस, दोस्रो राष्ट्रपति बहस अक्टोबर १ मा भर्जिनिया स्टेट युनिभर्सिटी पिटर्सबर्ग, भर्जिनिया तथा तेस्रो तथा सम्भावित अन्तिम राष्ट्रपति बहस अक्टोबर ९ मा साल्ट लेक सिटी(शहर)को यूटाह विश्वविद्यालयमा हुने भएको छ ।

भर्जिनिया स्टेट युनिभर्सिटी (राज्य बिद्यालय) आम चुनावी बहसको आयोजना गर्ने पहिलो ऐतिहासिक रूपमा अस्वेत महाबिद्यालय तथा विश्वविद्यालय हुनेछ ।

संयुक्त राज्यको आम चुनाव बहस विश्वव्यापी रूपमा प्रत्यक्ष हेरिने ,अन्य धेरै देशहरूको लागि एक नमूना हो। प्रमुख उम्मेद्वारहरूलाई सुन्न र हेर्ने अवसर प्राप्त हुने ,निष्पक्ष र तटस्थ वातावरणमा गम्भीर मुद्दाहरूलाई उम्मेदवारहरुले सम्बोधन गर्ने आयोगका सह-अध्यक्ष फ्रान्क फरेनकोफ र एन्टोनिया हर्नान्डेजले एक बिज्ञप्तिमा भने ।

यो परम्परा सन् १९७६ देखि अटुट रहेको छ। दुवै प्रमुख दलले आउँदो ग्रीष्मकालीन अधिवेशनमा औपचारिक रूपमा राष्ट्रपति र उपराष्ट्रपतिका लागि उम्मेदवार चयन गर्नेछन्। रिपब्लिकन राष्ट्रिय सम्मेलन (नेशनल कन्भेन्सन) जुलाईमा मिलवाकीमा हुने छ, र डेमोक्र्याटिक राष्ट्रिय सम्मेलन (नेशनल कन्भेन्सन )अगस्तमा शिकागोमा हुने तय गरिएको छ।

राष्ट्रपतिको बहसको आयोग एक गैर-पक्षीय र गैर-नाफामुखी संस्था हो जसले १९८७ मा स्थापना भएदेखि नै आम चुनावी बहसहरू संचालन गर्दै आएको छ । चुनावलाई निस्पक्ष बनाउन यसले रिपब्लिकन दल वा डेमोक्रेटिक दल या कुनै सरकारी कोष वा कोष प्राप्त गर्दैन।

प्रतिक्रिया