अमेरिकामा एनपिपिएको नेपाल सम्बत ११४४ भिन्तुना तथा ३२ बार्षिक उत्सव भब्यताका साथ सम्पन्न ,मनोहर श्रेष्ठ दोश्रो पटक अध्यक्षमा निर्वाचित

इनेप्लिज २०८० मंसिर ३ गते १३:३९ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा ३२ बर्ष अगाडी स्थापित नेपाल पास पुचे अमेरिकाए (एनपिपिए)ले आयोजना गरेको नेपाल सम्बत ११४४ न्हुदया भिन्तुना तथा ३२ बार्षिक उत्सव भब्यताका साथ सम्पन्न भएको छ ।

साथै ३२ औ बार्षिक समारोहद्वारा वर्तमान अध्यक्ष मनोहर श्रेष्ठ दोश्रो पटक अध्यक्षमा निर्वाचित भएका छन् । उनको समितिमा प्राय जसो सबै पूर्व अधिकारीहरु तथा केही नयाँ अनुसार समेत समितिमा निर्वाचित भएका छन् ।

नेपाल सम्बत ११४४ गत शनिबार मेरिल्याण्ड राज्यको गेथर्सबर्ग शहरको एक बिद्यालयमा समारोह सम्पन्न भयो । पहिलो पटक यस पटक नेपालबाट ल्याइएको नेपाल सम्बतका जन्मदाता शंखधर साख्वाको प्रतिमा समेत राखिएको थियो । यस भन्दा पहिले तस्बिरमा मात्र माल्यार्पण गर्ने गरिन्थ्यो भने अध्यक्ष मनोहर श्रेष्ठ तथा मुख्य वक्ता कबिना सिंहले प्रतिमामा माल्यार्पण गरेका थिए ।

उक्त प्रतिमा बाल्टिमोरको नेपा कम्युनिटी युएएसका संरक्षक बैकुण्ठ मान श्रेष्ठलाई काठमाडौँको ठिमी स्थित राष्ट्रिय बिभुति शंखधर साख्वा प्रतिष्ठानले उपलब्ध गराएको हो । बैकुण्ठ मान श्रेष्ठको पहलमा उक्त प्रतिमा अमेरिका ल्याईएको हो भने एनपिपिएलाई पनि नेपा कम्युनिटी युएएसले सम्मानार्थ नेपाल सम्बत ११४४ एवम ३२ औ बार्षिकोत्सवको लागि उपलब्ध गराएको हो ।

समारोह गणेश पूजा बाट सुरु हुदै परम्परागत लाखे नाच तथा धिमेबाजाबाट नेपाल सम्बत ११४४ भिन्तुना प्रारम्भ गरिएको थियो । समारोहमा नेपाल तथा अमेरिकी राष्ट्रिय गान दोश्रो पुस्ताले गाएका थिए ।

समारोहमा अध्यक्ष श्रेष्ठले स्वागत मन्तब्य तथा मुख्य वक्ता कबिना सिंह ले संखधर साख्वा तथा नेपाल सम्बत बारेमा बोलेकी थिइन् । दबु पत्रिकाको समेत बिमोचन सामूहिक रुपमा गरिएको थियो प्रथम उपाध्यक्ष शान्ती श्रेष्ठले धन्यबाद दिएकी थिइन् ।

समारोह सुरु हुनु अगाडी नेवारी खाजा समय बजी तथा कार्यक्रमको अन्त्यमा नेवा समुदायको प्रसिद्ध रात्री खाना झ्व: भ्वय खुवाईएको थियो । समारोहको दोश्रो चरणमा संस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

प्रारम्भमा सामुहिक बुद्ध भजन ,कुमारी चार्या नृत्य कबिना सिंह ,भिन्तुना गीत तथा यज्ञ मान शाक्यको निर्देशनमा तयार गरिएको कौडा नृत्य प्रस्तुत गरिएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा बुवा छोरीले बासुरी तथा सारंगी प्रस्तुत गरेका थिए भने त्यस पछि आजीवन सदस्य तथा संरक्षक बन्नेहरुलाई प्रमाण पत्र तथा बिल्ला प्रदान गरिएको थियो ।

साथै उक्त सांस्कृतिक कार्यक्रममा चिकित्सक अनिल सुवाल तथा उनका सुपुत्रले बासुरी र गिटारको धुन प्रस्तुत गरेका थिए युमन श्रेष्ठले एकल गीत प्रस्तुत गरेका थिए ।

उक्त सांस्कृतिक कार्यक्रममा नेपाली पाठशालाका बिधार्थीहरुले सामूहिक नृत्य ,अनुज शाक्यले गिटार ,सगुन ताम्रकारले गीत प्रस्तुत गरेका थिए । समारोहमा चिट्ठा पनि खेलाईएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा डिसी क्षेत्रको प्रसिद्ध सङ्गीत मण्डली पासा ब्याण्डले दर्शकहरुलाई भरपूर मनोरंजन गराएका थिए । कूल मिलाएर मिश्रित गीतहरु सहितको दर्जनौ गीत प्रस्तुत गर्दा दर्शकहरुले साथ दिदै झुमेका थिए ।

दोश्रो कार्यकालको लागि निर्वाचित भएका मनोहर श्रेष्ठको नेतृत्वमा निम्न पदाधिकारीहरु रहेका छन् । अध्यक्षमा मनोहर श्रेष्ठ, प्रथम उपाध्यक्षमा शान्ति श्रेष्ठ,द्वितीय उपाध्यक्षमा एलन महर्जन ,महासचिबमा सुमन तुलाधर ,कोषाध्यक्षमा रोहिना श्रेष्ठ ,सचिवमा समिप श्रेष्ठ तथा उप कोषाध्यक्षमा सगुन ताम्रकार निर्वाचित भएका छन् ।

डा. राजु तमोट, निति माथेमा, रमिता महर्जन र जयस्वोर श्रेष्ठलाई कार्य समितिमा अध्यक्ष श्रेष्ठले पुनमनोनयन गरेका छन्।

यसैगरी प्रबन्धकहरुमा प्रविन ताम्रकार ,अनघ श्रेष्ठ तथा सन्ध्या महर्जनलाई अध्यक्ष मनोहर श्रेष्ठले पुन: मनोनित गरेका छन् । त्यस्तै कार्यकारी समितिको सदस्यहरुमा क्रमस कन्चन ख्वाउँजु ,रुशन डंगोल तथा सबिना श्रेष्ठ सुवाल मनोनित भएका छन् ।

एनपिपिएको नेपाल सम्बत ११४४ भिन्तुनामा नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि)ले देउसी भैलो समेत सामूहिक रुपमा खेलेको थियो ।

प्रतिक्रिया