कविता : अहो ! क्या फर्साद भो

इनेप्लिज २०८० मंसिर ३ गते १२:३२ मा प्रकाशित

अहो ! क्या फर्साद भो
मलाई तिमी पल पल चाहिने
तिमी कता कता हराइ जाने
सँगै खेल्ने सितल चौतारी
खाँडादेवी मन्दिरमा भाकेको कसम
घ्याङसिङ डाँडामा लुकी लुकी
हात समाई बेग साथ कुदेको
आजै जस्तो लाग्छ पला
दिनहरु कसरी बिते पत्तै भएन
आखाँबाट गिरेका बर्षात
पखालिन कसैगरी सकिएन
न त हुरीले उडाउन सक्थ्यो
दीप्त यो हृदय किन हो किन
तिम्रो अनुपस्थितीमा रमाउन सकेन
मन भरी भेटका तृष्णा र आशा बोकेर
चिसो मौसम खोज्दै सैलुङ गेट पुगेको
त्यो उकालो कठयाङ्गिएको क्षण
पातलो बस्त्रले कम्प शरीर
सायद मै मात्र बुझ्दथे पर्खाइ
अहो ! क्या फर्साद भो
मलाई तिमी पल पल चाहिने
तिमी कता कता हराइ जाने

अलका मल्ल, काठमाडौं

प्रतिक्रिया