मँशिर १६ गते हजुरबाआमा दिवस

सुरेन उप्रेती, पाँचथरहाल- एडमण्टन, क्यानडा २०८० मंसिर ३ गते ४:०२ मा प्रकाशित

षृष्ठभूमि

मानिसको उत्पती कहिले भएको हो भन्ने कुरामा अझ पनि बैज्ञानिकहरू र समाजशास्त्रीहरू एकमत हुन सकेका छैनन् । तीनलाख बर्ष पहिला अफ्रिकामा पाइएका होमोसेपियन्सलाई नै आधुनिक मानवका पूर्वजका रूपमा मानिँदै आएको पाइन्छ । हुन त सत्तरी लाख बर्ष पहिला ग्रेकोपेथिकस भनिने मानवहरू युरोपमा थिए भनेर जर्मनका बैज्ञानिक माडेलाइन बोमलको टोलीले भनेका छन् । मानवजातिको सभ्यता र विकाशका बारेमा धेरै अनुसन्धानहरू भइ रहेका छन् । ती अध्ययन अनुसन्धान र खोजहरूले बिभिन्न मिथकहरूलाई गलत सावित गरेर यथार्थलाई स्थापित गरेका छन् ।

मानव सभ्यताको विकाशलाई हेर्ने हो आजको अवस्थामा आइ पुग्न लाखौँ बर्षमा बिभिन्न चरण पार गरेको पाइन्छ ।

चारखुट्टाले दौडने मानिस दुई खुट्टाले उभिने हुन र हिँड्न सक्ने बन्न सक्नु कम बिकाश भएको होइन । गुफामा बस्ने दिनभरी शिकार गर्ने बटुल्ने अनि खाने युग थियो । जंगली जनवारहरूबाट बच्न र जनवारहरूलाई शिकार गर्नका लागि पनि मानिसहरूलाई समूहमा बस्नु आवश्यक थियो ।

जनवारहरूलाई मार्ने, बटुल्ने कन्दमूलहरू खाने क्रममा मानिसले काठका ,जनवारका हाड, र ढुँगाका हतियार बनाउन जाने । ढुङ्गे युग हुँदै, धातुहरूका हातहतियार बनाउने युगमा पुगे । खेती र पशुपालनको ज्ञान प्राप्त गरेर कृषि र पशुपालनका युगमा रूपान्तरण भए । मानिसहरू समूह समूहमा बस्ने गर्दथे । समूहमा हुँदा समुहकी मूली महिला हुने गर्दथिन । उनकै आदेश अनुसार समूह चल्दथ्यो । भवानी ,चण्डी , दुर्गा, कालिका, महामाता आदि समूहका मूलीहरू थिए । देवीहरूले देवताहरूले गर्न नसकेका काम गरेका कुरा हाम्रा हिन्दुधर्मका ग्रन्थहरूमा पनि पाइन्छ ।

माताहरूले सबै कार्यविभाजन गरी दिन्थे । समूहहरू ठूला हुँदै गए पछी अली ससाना समूहमा विभाजीत भएर मानिसहरू बस्न शुरू गरे । समूहको मूलीका आदेश अनुसार नै सबै कामबाँडफाँट हुने गर्दथ्यो ।

आवश्यक्ता आविष्कारकी जननी हुन पनि भनिन्छ समय वित्दैजाँदा मानिसले बिभिन्न आविष्कारहरू गर्दै लग्यो । जीवनलाई सहज र सरल बनाउने उपायहरू पत्ता लगायो । जंगल र ओढारहरूमा बस्ने मान्छे घरमा बस्न सिकेर औधी रमायो । जंगली फलफूल, कन्दमूल र जनवारहरू मारेर काँचै मासु खाने मानिसले पोलेर खान सिक्यो । मासु पोलेर र पकाएर खान जान्दा हर्षको सिमा नै रहेन । स्वादमिठो लाग्यो । उ तेतीमा मात्र सिमित रहेन । बस्ने घर बनायो । त्यसलाई वातावरण अनुकूलित बनायो । गुड्नेर उड्ने गाडी र जहाजहरू बनायो ।

मानिसले विकाशको क्रम सँगै समूहसमूहबाट पनि परिवारहरूमा रूपान्तरण भएर बस्न थाले । खेती गर्ने जग्गाहरूमा सिमाबनाए । ठूलो परिवार भएका मानिसले धेरै जग्गामा खेती गर्न सक्ने र जनवारहरू पनि धेरै पाल्न सक्थे । उनीहरूसँग प्रसस्त अन्न हुने भयो । सँयुक्त परिवारमा रहँदा हजुरबा हजुरआमा काकाकाकीहरू बडाबाबडेमाहरू फूपूहरूसँगै बालबालिकाहरू हुर्कन पाउँछन् । उनीहरूले सबैको माया प्राप्त गर्दथे । हजुरआमा र हजुरबाहरूबाट ज्ञानगुणका कुरा सिक्दथे । बिरता र शाहसका कुरा सुन्दथे । हजुरबा र हजुरआमासँग नातिनातिनाहरू नङ र मासु जस्तै भएर हुर्कन्थे । वाललालिकाहरूमा आज जस्तो कुपोषण डिप्रेशन एक्लोपनको शिकार हुनु पर्दैन थियो ।

आज विकाश र प्रगतिका नाममा सँयुक्तपरिवारहरू दिनानु दिन एकल परिवारमा रूपान्तरण हुँदैछन् । विवाह गरे पछी छोराबुहारीहरू अलग्गैं बस्ने क्रमा बढ्दो छ । बालवालिकाहरू हजुरआमा र हजुरबाको माया पाउनबाट बन्चित हुँदैछन । हजुरबा र हजुरआमालाई पनि आफ्ना प्यारा नातिनातिनासँग खेल्ने ,कुरा सुन्ने कती रहरहरू हुन्छन । तर ती सबैबाट टाढा हुनु पर्दाको पल कती नमिठो होला । वालवालिकाले हजुरबाआमाको स्नेह पाएकै हुँदैनन् । यो ग्लोबलाईजेसनका कारणले पनि आज हामी बिभिन्न देशमा पुग्न बाध्य भएका छौँ । बुबाआमालाई नेपालमै छोडेर बिभिन्न देशहरूमा पुगेका छौ । हाम्रा छोराछोरीहरूले बोलेको भाषा आमाबाले बुझ्नु हुन्न ।आमाबाले बोलेको भाषा बच्चाहरूले बुझ्दैनन् । भाषाका कारणबाट पनि हजुरबाआमासँग नजिकभएर आत्मियता प्रकट गर्न पाएको हुँदैनन् । यसरी हजुरबाआमा र नातिनातिनाका विचमा भएको दूरीलाई कम गर्न र हजुरबाआमाहरूलाई सम्मान दिनका लागि हजुरबाआमा दिवस मनाउने परिकल्पना गरिएको हो ।

अनेसास क्यानडाले भानुजयन्ति २०७९का दिन यो हजुरबाआमा दिवश मनाउने घोषणा गरेको हो । हजुरबाआमा दिवस भनेको हजुरबाआमाहरूका लागि बिशेष दिन हो । हुन त हजुरबाआमाभनेका सँधै श्रद्धेय र मन्दिरका गजुर जस्तै सर्वोच्च हुनु हुन्छ । गजुर जस्तै उच्च हुनु हुन्छ । हामीले सदैब सम्मान र श्रद्धा गर्नु पर्दछ । तर हजुरबाआमा दिवसका दिन उहाँहरूलाईमात्र केन्द्रबिन्दु बनाएर , उहाँहरूको इच्छाअनुरूप भोजन गराउने । बस्त्र लताकपडा, फोन, घडी आदि उपहारहरूदिने । इच्छाएको ठाउँमा घुम्न लैजाने । मठमन्दिरमा गएर दैविक शक्ति र दीर्घजीवनका लागि प्रार्थाना गर्ने दिन हो । हजुरबाआमा भने पछी नातिनातिनाहरू जोडिएर आउने नै भयो । हजुरबाआमा हुनेहरूका नातिनातिनीहरू त्यस दिन सके बाआमा समेत संगै घुम्न लैजाने । जसले गर्दा तीनै पुस्ताका बिचमा अगाध स्नेह बढाउँछ । हाम्रो समाज विस्तारै संयुक्तपरिवारबाट एकात्मक परिवारमा फेरिने क्रम बढ्दो छ । हजुरबाआमादिवसले काकाबडाबाका छोराछोरीहरू बिचमा पनि प्रगाढ सम्बन्ध स्थापित गर्दछ । दिदीबहिनी र दाजुभाइहरूका बिचमा पनि दह्रिलो सम्बन्ध बनाउँछ । मामा र फुपूका छोराछोरी बिचमा पनि घनिष्टता बढाउँछ । व्यक्ति भनेको बावियोँको त्यान्द्रो जस्तो मात्र हो । त्यसमाथि क्रमशपरिवार नातिनातिना देखि बाआमा र हजुरबाआमा जोडिए पछी मज्वुत डोरीको रूप ग्रहण गर्दछ । धरै जनाको सोच र पहलमा कुनै काम र व्यापार व्यबशाय शुरू गर्ने हो भने कम लगानीमै ठूलाठूला कामहरू गर्न सकिन्छ । हजुरबाआमा नहुनेहरूले नातिनातिना नभएका बृद्धबृद्धालाई मिठा खानेकुराहरू दिने फलफूलहरू दिने । उपहारहरू दिने गर्नु पर्दछ । बृद्धबृद्धा भनेका तीर्थ समान हुन । बृद्धबृद्धामा दैविक शक्तीको बास भएको हुन्छ । उहाँहरूले दिएको दिव्यवचन र शुभआशिर्वादले मानिसलाई ठूलाठूला सफलताहरू मिल्दछन् । मङ्सिरको तेश्रो शनिवारका दिन हजुरबाआमा दिवस मनाउने भनेर अन्तर्राष्ट्रि नेपाली साहित्य समाज क्यानडाले भानुजयन्तिका दिन घोषणा गर्यो । मङ्सिर महिनाको तेश्रो शनिवार नै किन मनाउने भनेर प्रश्न गर्दाअनेसासका सल्लाहकार सुरेन उप्रेती भन्नु हुन्छ । “हामी नेपालीहरू जहाँ जहाँ पुगे पनि नेपाल नै हाम्रोमातृभूमि हो । आधारभूमि हो । नेपालमा मंशिरको तेश्रो हप्ता सम्ममा धानकाटी सकेर घरभित्र थन्क्याई सकेको हुनेछ । जाडो अधिकरूपमा आईसकेको हुँदैन । कामको चटारो पनि कम भएको हुन्छ । बिधालयहरूमा पनि जाडोको बिदा भै सकेको हुँदैन । सबैसँग भेटघाट गर्नलाई पनि उपयुक्त समय हुने भएकाले मंशिरको तेश्रो शनिवारलाई नै हजुरबाआमा दिवस घोषणा गरिएको हो ।

मातातिर्थ औसीमा आमाको मुख हेर्ने आमालाई राम्रा लुगा गहना उपहार दिने चलन छ । आमा नहुनेहरूले दिवंगत आमाका नाममा श्रद्धा गर्ने दानदक्षिणा दिने । भोकाहरूलाई भोजन गराउने गरिन्छ । कुशेऔँसी बुवाको मुखहेर्ने दिन हो । त्यस दिन बुबाहुनेहरूले बुबाहरूलाई स्वास्थकर मिष्ठान्न भोजन गराउने नयाँ नयाँ बस्त्रहरू दिने गरीन्छ । हजुरबाआमा र नातिनातिनाहरूका विचमा कती गाढा सम्बन्ध हुन्छ । कती मायाममता हुन्छ तर प्रकट गर्ने र सम्मान गर्ने दिन थिएन । यिनै कुरालाई ह्रृदयंगम गरी हजुरबाआमा दिवसको घोषणा गरिएको हो ।“ २०७९ सालमा अमेरिका क्यानडा अष्ट्रेलिया बेलायत नेपाल आदि देशका बिभिन्न शहरहरूमा हजुरबाआमा दिवस मनाइयो ।

यस बर्ष २०८०सालमा मंशिर १६ गते शनिबार तदनुसार डिसेम्बर दुई तारिखका दिन हजुरबाआमा दिवस परेको छ । उक्त दिन सबै बिधालयहरूले हजुरबाआमा सहित बिधार्थीहरूलाई बिधालयमा उपस्थित गराइ हजुरबाआमा दिवस मनाउन थाल्नुहुन अनेसास हार्दिक अनुरोध गर्दछ । उक्त दिन हजुरबाआमा सँग सम्बन्धित कविता, कथा, मुक्तक, लेख रचनाहरू सुनाउने । हजुरबाआमा सँगका मिठापलहरू सुनाउन विधार्थिहरूलाई प्रेरित गर्नु पर्दछ । सबै बिधालयका शिक्षकशिक्षिकाहरू प्रधानाध्यापकहरूले वालवालिकाहरूसँग उनीहरूका हजुरबाआमाका बारेमा सम्झनाहरू सुनाउन अनुरोध गर्नु आवश्यक छ । हजुरबाआमाहरूसँग भए गरेका अनूभूतिहरू सुन्ने र सुनाउने कार्यले हजुरबाआमा प्रति श्रद्धाभाव जगाउने र अझ निकटता बढाउने छ । यस दिनले आफ्ना हजुरबाआमा र नातिनातिनाहरूबिच प्रगाढ सम्बन्ध स्थापना गर्ने छ । बिदेशमा हजुरबाआमा हुनेहरूले नेपाली बिधालय भए सोहीमा बोलाएर मनाउने । यसरी हजुबाआमा बिधालयमा उपस्थित भएमा अझ कार्यक्रमलाई जीवन्तता प्रदान गर्ने छ । हाम्रा मन्दिरका गजुरहरूको सम्मानले सँधै शुभ आशिर्वदहरू प्राप्त भै रहनेछन् । हजुरबाआमा दिवस २०८० को हार्दिक शुभकामना ।

प्रतिक्रिया