इजरायलले अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा यौन हिंसाको अनुसन्धान गर्ने

इनेप्लिज २०८० मंसिर २ गते १५:५२ मा प्रकाशित

इजरायलले अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा यौन हिंसाको अनुसन्धान गर्ने

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा यौन हिंसा सम्बन्धी इजरायली प्रहरीले कानुनी प्रमाणहरू, अङ्कियदृश्य (भिडियो) र साक्षीहरूको वयान र संदिग्धहरूको सोधपुछ प्रयोग गरिरहेको सिएनएनले जनाएको छ ।

घटनामा समातिएका महिला र युवतीहरूलाई यौन दुर्व्यवहार गर्नुका साथै शारीरिक यातना दिएर मारिएको घटनाका प्रत्यक्षदर्शीहरू बताउँछन्।

प्रहरी उपरीक्षक डुडी काट्जका अनुसार आक्रमणसँग सम्बन्धित १,००० भन्दा बढी बयान र ६०,००० भन्दा बढी अङ्कियदृश्य(भिडियो )हरू सङ्कलन गरेका छन् ।जसमा महिलाहरू बलात्कार भएको देखेका व्यक्तिहरूको खाताहरू समावेश छन्। उनले अगाडी भने अन्वेषकहरूसँग प्रत्यक्ष साक्षी छैन, र कुनै पनि बलात्कार पीडित बाचेका छन् या छैनन् भन्ने स्पष्ट छैन ।

गाजा नजिकका गाउँ र खेतहरूमा त्यस दिन करिब १,२०० इजरायलीहरू मारिए र अधिक घाइते भएका थिए ।

हमास लडाकूहरूले सीमापार हमला गरे र २४० भन्दा बढी बन्धकहरू लिएर गएका थिए । हमास नियन्त्रित गाजाका अधिकारीहरूका अनुसार ११,००० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

प्रहरी आयुक्त शबताई याकोभले अनुसन्धानले सम्भावित रूपमा मुद्दा चलाउन सक्छ, तर अहिलेको लागि कागजातहरू प्राथमिक लक्ष्य हो ,उनले भने ।

प्रतिक्रिया