अमर नाता

इनेप्लिज २०८० कार्तिक २९ गते २:४१ मा प्रकाशित

खगेन्द्र आचार्य

दाजुभाइ मानेर हरेक बर्ष,
रातो डोरा नाडिमा बानी दिन्छौ,
यमदुत भित्र पस्न नसकोस सम्झेर,
पानी र तेलले घेरा हाल्दै दियो जलाउछौ,

दाइभाइको कर्तव्य निभाउन,
एकपल्ट मौका देउ मलाइ,
तिमीले बाध्ने डोरा बिना ,
यो ज्यानले एक्लो महसुस गर्छ।

बा आमाले पहिला नै साथ छोडे,
तिमी र म मात्र जिबित छौ।
यो नाता टुटन नदेउ कहिले,
बचाइ राख जनम जनमसम्म अहिले,

यो जवानालाइ देखाउन,
भाइ बहिनिको सम्बन्ध निभाउन,
आउछु एकदिन तिम्रो ढोकामा,
बजाउछु माया पिरतीको धुन जमेर,

अहिले धेरै टाढा एक्लै छौ,
सासमात्र अडकिने सानो झुपडीमा,
रक्षा बन्धन भाइ टिकाको सम्झनाले,
आँसु थाम्न सकेको छैन मैले,

त्यो लक्ष्मी पुजाको दिनमा पनि ,
आखामा आँसु दिलमा जलन लिएर,
यी आँखा तडपी रहेका छन,
यी आँखा तिमीलाई खोजी रहेका छन ।

ए मेरा दिदी बहिनी,
मलाइ एकदिन त समय देउ,
तिमीलाई पुजेर तिम्रा पाउ चुमेर,
यम दरवारको ढोका बन्द गर्न,

भुली देउ एउटा सपना सम्झेर,
बितेका घटना दुर्घटना मानेर,
आउ नजिक आउ आज,
एउटा सयपत्रिको माला गासेर,
अर्को थालिमा फलफूल बोकेर,

यमराजका तिखा आँखा छलेर,
पालनकर्ता ब्रह्मदेबको नाम जपेर,
थोरै लावा चारैतिर छरेर,
लगाइ देउ सात रङ्गको टीकासगै बसेर,
जिन्दगीभरी को दाइ बहिनी ,
दिदी भाइको अमर नाता सम्झेर ।

प्रतिक्रिया