​डिसीमा लाखौ मानिसहरु इजरायलको समर्थनमा आयोजित जुलुसमा सहभागि,सांगीतिक कार्यक्रम पनि प्रस्तुत

इनेप्लिज २०८० कार्तिक २८ गते २३:१४ मा प्रकाशित

इजरायलका यहूदी समुदायसँग ऐक्यबद्धता व्यक्त गर्न अमेरिकाभरका विभिन्न राज्य र शहरबाट हजारौं हजार मानिसहरूले वाशिङ्टन डिसीमा आयोजना गरिएको जुलूसमा सहभागिता जनाए ।

कार्यक्रमका नेताहरूले हमाससँग चलिरहेको द्वन्द्वको बीचमा अमेरिकीहरूलाई निरन्तर समर्थनको लागि आह्वान गरे। उत्तर अमेरिका राष्ट्रिय यहूदी महासंघ र प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूले भेलालाई “मार्च फर इजरायलको ” अर्थात् इजरायलको लागि प्रदर्शन नाम दिइएको बताए ।

वास्तवमा त्यहाँ कुनै बिशेष आधिकारिक योजनाहरू थिएनन् भने तर प्रदर्सन नै प्राथमिक केन्द्र बिन्दु रहेको एबिसी७ ले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

उक्त जुलूसमा अमेरिकी सभामुख माइक जोन्सन, सिनेट बहुमत नेता चक शुमर,सिएनएन विश्लेषक भान जोन्स, र अन्य धेरै बिशेष व्यक्तिहरू र नेताहरूले ऐक्यबद्धता देखाउँदै कार्यक्रममा बोलेका थिए।

कार्यक्रममा न्यूयोर्कका डेमोक्रेटिक प्रतिनिधि रिची टोरेसले अरू धेरैसँग बोलेका थिए। कार्यक्रम सुरु हुनु अघि धेरै सांगीतिक कार्यहरू पनि गरिएको थियो ।

कार्यक्रम सुरु भएपछि प्रदर्शनमा इजरायलीहरूलाई हमासद्वारा बन्धक बनाएको तस्बिरसहितका प्रचार प्रसार चिन्हहरू बोकेका थिए।

कार्यक्रमका वक्ताहरुले अक्टोबर ७ को प्रारम्भिक आक्रमणदेखि हमासद्वारा बन्धक बनाएका लगभग २४० जना इजरायली मानिसहरूलाई रिहा गर्न आह्वान गरे।

साथै यहुदी बिरुद्ध हुने गतिविधि र यसको बिरुद्ध नलाग्न समेत सबैलाई आह्वान गर्यो ।

मंगलबार बिहान डिसी महानगरका प्रहरीहरु जुलुस जम्मा भएको नेसनल मल (प्रदर्शन स्थल)क्षेत्र वरिपरि कडा सुरक्षाको साथै घेरावार लगाईनुको साथै थप सडक बन्द गरिएको थियो ।

प्रतिक्रिया