इनास मेरिल्याण्डको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम भब्य साथ सम्पन्न,दुई दर्जन भन्दा ज्यादा कलाकारले खेले देउसी

इनेप्लिज २०८० कार्तिक २८ गते ०:४७ मा प्रकाशित

इनास मेरिल्याण्डको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम भब्य साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा दुई दर्जन भन्दा ज्यादा कलाकारले अभूतपूर्व रुपमा देउसी भैलो खेली ऐतिहासिक सफलता हासिल गरेका गरेका छन् । दुई दर्जन भन्दा ज्यादा कलाकारहरुको प्रस्तुतिको रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रेमराजा महत, विशिष्ट अतिथि इनास अमेरिका राष्ट्रीय समितिका अध्यक्ष राहुल के सी, मेरिल्याण्डका बिधान सभा सभासद डा ह्यारी भण्डारी लगायत स्थानिय संघ/संस्थाका प्रतिनिधिहरुको बाग्लो उपस्थिति रहेको इनास मेरिल्याण्ड देउसी भैलो तथा सांस्कृतिक कार्यक्रममा ३०० भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो।

अमेरिकाको बाल्टिमोरमा आयोजना गरिएको देउसी भैलो अर्थात् सांस्कृतिक कार्यक्रम अहिले सम्मकै उत्कृष्ट रह्यो भनि प्रमुख अतिथि वरिष्ठ लोकगायक तथा महाबाणिज्यदूत प्रेम राजा महतले सामाजिक संजालमा मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

उनले अगाडी यस्तो लेखेका छन् ,गत राती शनिबार ८ बजे देखी १२ बजे सम्म लगातार कार्यक्रम हेर्दा कही कतै बोरै नलाग्ने यति राम्रो,रमाईलो र सभ्य कार्यक्रम निकै कम हुने गर्छ । साथै प्रमुख अतिथिले यस्तो भब्य कार्यक्रम हेर्ने र उद्घाटन गर्ने मौका दिने ईनासका नवनिर्वाचित अध्यक्ष लक्ष्मण पौडेल ,कलाकार संयोजक राजु ढुंगेल ,कार्यक्रम संयोजक शान्ती भण्डारी र सम्पूर्ण आयोजक टोलीलाई धन्यबाद दिएका छन् ।

साथै प्रमुख अतिथि महतले बानाका अध्यक्ष सुबोध पन्त, ईनास अमेरिकाका अध्यक्ष राहुल के सी, खेम शर्मा, शिब हरि पौडेल,शान्ती भण्डारी, ढाका राम , लगायत सबै दर्शकलाई सामाजिक संजाल मार्फत धन्यवाद दिएका छन् । त्यहाँ उपस्थित दर्शकहरुले ज्यादै रमाइलो र मनोरंजन गर्न पाएको र केही दर्शकले नेपाल पुगेको अनुभूति गरेको जनाए ।

कार्यक्रमको मुख्य आकर्षण प्रत्यक्ष (लाइभ ) वाद्यवादन सहितको सांगीतिक प्रस्तुति रहेको थियो । लोकप्रिय हास्यकलाकार शिवहरी पौडेल, खेम शर्मा र अन्जु थापाको हास्य प्रस्तुती बेजोड रहेको थियो ।

न्यूयोर्कबाट आएका हास्यकलाकार तथा जादूगर महादेव त्रिपाठीको जादूमय प्रस्तुतिले सबैलाई मनोरंजन गराएको थियो । त्यस्तै मान्दवी भण्डारी नृत्य टोलीको आकर्षक नृत्यहरु तथा कार्यक्रमको अन्त्यमा प्रत्यक्ष दोहोरी(लाइभ)ले दर्शकलाई कार्यक्रम अवधिभर मन्त्रमुग्ध पारेर राखेको थियो।

कार्यक्रममा उपस्थित हुन नसक्नु भएका नेपाली समुदायले इनासका कलाकार टोलीलाई घरदैलो देउसी भैलो कार्यक्रममा आमन्त्रित गरे पछि इनासले नेपाली परम्परा कला संस्कृति जगेर्ना गर्दै आज नोभेम्बर १३ सोमबारका दिन घर दैलो देउसी भैलो कार्यक्रम गरि रहेको छ ।

कार्यक्रममा तस्बिर (फ़ोटोग्राफ़ी)शुसील फ़ोटोले गरेका थिए भने ध्वनि मोहन गुरुङ र सजावट नाम्लो इभेन्ट्स गरेको थियो ।

प्रतिक्रिया