अमेरिका-नेपाल सहयोगी समाजको बोर्ड अफ ट्रष्टीको सभापतिमा केदार तिम्सिना निर्वाचित

इनेप्लिज २०८० कार्तिक २६ गते १६:४८ मा प्रकाशित

अमेरिका-नेपाल सहयोगी समाज(एएनएसएच) को बोर्ड अफ ट्रष्टीको सभापतिमा केदार तिम्सिना निर्वाचित भएका छन् । एएनएसएच) अमेरिकाको भर्जिनिया राज्यको मनासस शहर सन् २००८ मा स्थापित उक्त संस्था अमेरिका भरि कै क्रियाशील गैर मुनाफा सामाजिक संस्था मध्ये कै अत्यन्तै क्रियाशील संस्थामा पर्दछ र मानिन्छ ।

उक्त संस्थाकै गुठी अर्थात् बोर्ड अफ ट्रष्टीमा सँस्थाकै पूर्व अध्यक्ष समेत रहेका तिम्सिना २०२३- २०२८ का लागि सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् । गत नोभेम्बर ११ शनिबारका दिन देउसी भैलो कार्यक्रम अगाडी उनि सहित ७ जनाको समितिको निर्वाचन समितिले घोषणा गरेको थियो ।

निर्वाचन समितिले सबैजना निर्बिरोध निर्वाचित भएको घोषणा साथै सबैलाई सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित सभापति तिम्सिनाले सबैलाई समेट्ने र संस्थाको गरिमालाई उच्च प्राथमिकताको साथै संस्थाको प्रवर्द्धन र सम्बर्द्धनमा अहम भूमिका निर्वाह गर्ने बताए । तिम्सिना अन्य संघ/संस्थाहरु संग पनि आबद्ध रहेका छन् ।

नवनिर्वाचित समितिमा उप सभापतिमा रोम ज्ञवाली ,सचिवमा उत्तम गौतम तथा कोषाध्यक्षमा मोहन बस्ताकोटी निर्वाचित भएका छन् । साथै समिति सदस्यहरुमा रोजिना रेग्मी ,इन्द्र श्रेष्ठ तथा बाबु राम शर्मा निर्वाचित भएका छन ।

समुदायमा विभिन्न अद्वितीय काम गर्दै आएको यो संस्थाले समुदायमा विभिन्न कार्यक्रमहरू पनि निरन्तर गरि रहेको छ । सन् २०१५ मा नेपालमा गएको भूकम्पमा पनि संस्थाले राम्रो भूमिका निर्वाह गरेको थियो । भूकम्प गए पछि थुप्रै राहत सामाग्री लिई नेपाल पुगेको र संकलन भएको रकम नेपाली राजदुताबास मार्फत समेत भूकम्प पीडितलाई समेत सहायता गरेको थियो ।

प्रतिक्रिया