इजरायलका नेतान्याहुले हमासविरुद्धको युद्ध “पूर्ण शक्ति”का साथ जारी रहने बताएका छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजामा युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानलाई अस्वीकार गर्दै हमास विरुद्ध इजरायलको लडाई जारी रहने र युद्ध समाप्त भएपछि प्यालेस्टाइनको वर्तमान सरकारको भूमिकालाई अस्वीकार गरे।
“हाम्रो सम्पूर्ण शक्ति र सबै शक्तिसंगै हामी विजय सम्म आफ्नो कारवाही जारी राख्ने छौं,” नेतान्याहुले एक भाषणमा भने।
उनले अगाडी भने “हमासले गाजा भूभागमा आफ्नो पकड गुमायो। लुक्ने कुनै सुरक्षित ठाउँ छैन । हाम्रा सेनाहरूले उनीहरूलाई जमिनभन्दा माथि प्रहार गरिरहेका छन् र हाम्रा सेनाहरूले उनीहरूलाई जमिनमुनि मारिरहेका छन्,” ।
कब्जा गरिएको पश्चिम किनारा (वेस्ट बैंक)मा आंशिक प्रशासनिक नियन्त्रण रहेको प्यालेस्टिनी सत्ताधारीले युद्ध पछि गाजामा शासन गर्न सक्छ कि छैन भन्ने प्रश्नको जवाफ दिँदै नेतान्याहुले भने गाजामा पूर्ण सुरक्षा नियन्त्रण हुने बताए ।
प्रतिक्रिया