इण्डियन आइडलकी मेनुका पौडेललाई भारतीय अभिनेता, निर्देशक र निर्माता जमनादास मजेठियाद्वारा चलचित्रमा अभिनयको साथै गीत गाउने प्रस्ताव

इनेप्लिज २०८० कार्तिक २६ गते ११:५९ मा प्रकाशित

इण्डियन आइडलको १४ औ संस्करणमा तहल्का मच्चाई रहेकी नेपाली चेली मेनुका पौडेललाई भारतीय अभिनेता, निर्देशक र निर्माता जमनादास मजेठियाद्वारा चलचित्र अभिनयको साथै गीत गाउने प्रस्ताव राखेका छन् ।

उनले गत दिवाली बिशेष प्रस्तुतिमा उनको गीत सुन्न आएका भारतीय प्रसिद्ध धारावाहिक,चलचित्रमा काम गरेका खिचडीका हास्यकलाकारको रुपमा अभिनय समेत गरेका जमनादास मजेठियाले मेनुकालाई मंच मै प्रस्ताव गरेका हुन् ।

उनी गुजराती र हिन्दी नाटक, नाटक, धारावाहिक र चलचित्रमा आफ्नो कामका लागि परिचित छन्। साराभाई बनाम साराभाई, र खिचडी जस्ता सफल प्रदर्सन दिएक औनी एक धेरै सफल कार्यक्रम निर्माता हुन् ।

रंगमंचमा उनी विगत २० वर्षदेखि गुजराती नाटकमा सक्रिय छन्। उनले ह्याट्स अफ प्रोडक्सन नामक कम्पनी(सँस्था)स्थापना गरेका छन् । मेनुकालाई उनले ‘लभ एट फस्ट साउण्ड’को कथावस्तुमा आधारित चलचित्रमा अभिनय दिने भएको र गीत पनि गाउनु पर्छ भनि मंच मै प्रस्ताव गरे ।

मेनुकाले एक से एक बेजोड गीत प्रस्तुत गर्दै भारतमा मात्र नभई बिश्वमै नाम कमाई रहेकी छिन । उनलाई निर्णायकहरुले तिमीलाई टिप्पणी गर्ने मेरो के तागत छ समेत भनेका छन् । जताजतै उनको गुनगान र प्रशंसा भै रहेको छ । उनको स्वर सुने पछि निर्णायकहरु भाबुक भएका छन् । निर्णायक मात्र नभई संसारले उनको स्वरलाई मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

उनलाई इण्डियन आइडल १४ की बिजेताको रुपमा समेत दावेदार गरिदै छ । उनले गीत जस्ले गाएको हो उक्त कलाकारहरु भन्दा पनि राम्रो गीत गएकोले सबै जना आश्चर्य चकित भएका छन् ।

प्रतिक्रिया