उत्कृष्ट पाठक पुरस्कारको नवौ शृङ्खलाकि बिजेता बनिन मनिषा ओझा

इनेप्लिज २०८० कार्तिक २४ गते १२:२६ मा प्रकाशित

टीकापुर , कैलाली । टीकापुर सरोकार समुहले टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्यले गत मंसिर २०७९ देखि टीकापुर सामुदायिक पुस्तकालय संगको सहकार्यमा प्रतेक महिना रु दशहजार नगद पुरस्कार सहित उत्कृष्ट पाठक पुरस्कार प्रदान गर्दै आई रहेको छ ।

टीकापुर बजारमा रहेको टीकापुर सामुदायिक पुस्तकालयमा नियमित आई अनुशाशित रुपमा अध्ययन गर्ने ब्याक्तिलाई यो पुरस्कार प्रतेक महिना प्रदान गरिन्छ । सोही क्रममा नवौ महिनाको उत्कृष्ट पाठकको रुपमा चयन भएकी मनिषा ओझालाई पुस्तकालयले आयोजना गरेको एक बिशेष समारोहमा टीकापुर उधोग बाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाले नगद रु दशहजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरेका छन ।

मनिषाले गत आश्विन महिनामा पुस्तकालयमा आई नियमित अध्ययन गर्ने गरेका १७२ जना पाठक मध्य कुल ११४ घन्टा ६ मिनेट समय पुस्तकालयमा अध्ययन गरि उक्त पुरस्कार जित्न सफल भएकी हुन । उनी स्थानिय बिरेन्द्र बिधा मन्दिर बहुमुखी क्याम्पसकि चौथो बर्षकी छात्रा हुन ।

समारोहमा टीकापुर सरोकार समुहका कोषाध्यक्ष परमानन्द पाण्डेले टीकापुर क्षेत्रमा विशेषत युवा पुस्तालाई पुस्तकालयमा आई पढने संस्कृति बिकास गर्न सरोकार समुहले यो कार्यक्रम गरिरहेको बताए ।

प्रतिक्रिया