सिएनएनले गरेको नयाँ मत सर्वेक्षणमा राष्ट्रपति जो बाइडेन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा पछाडी परेका छन् । यो डेमोक्र्याट्सहरुका लागि राम्रो सन्देश हैन । तर निर्वाचन आगामी १ बर्ष पछि हुदैछ । अर्थात् २०२४ को नोभेम्बर ५ का दिन राष्ट्रपतिको निर्वाचन हुनेछ ।
पछिल्ला मत सर्वेक्षणमा ट्रम्प अगाडी देखिएका छन् । उनको बलियो जन आधार देखिएको छ । बाइडेनको उमेरको प्रश्न उठाईको छ । त्यसो त ट्रम्प पनि युवा हैनन् । उनि पनि ७७ बर्ष पुगेका छन् । बाइडेनलाई अमेरिकाको आर्थिक स्थिती ,युक्रेन युद्ध ,इजरायल युद्ध आदी इत्यादीको मुद्धालाई मुख्य केन्द्रबिन्दु बनाई यसैलाई भजाई रहेको अवस्था छ ।
तर अमेरिकाको आर्थिक स्थिति नराम्रो भने देखिदैन । केही दिन अगाडी न्यूयोर्क न्यूयोर्क टाइम्स/सिएना कलेज(महाबिद्यालय)ले गरेको मत सर्वेक्षणमा अमेरीकी पूर्व राष्ट्रपति जो बाइडेन भन्दा मत सर्वेक्षणमा पछि देखाएको थियो ।
त्यसको केही दिन पछि मात्र सिएनएनले गरेको नयाँ सर्वेक्षणमा बाइडेन ट्रम्प भन्दा पछाडी परेका छन् । मत सर्वेक्षण अनुसार २०२४ को निर्वाचनमा ट्रम्पको सम्भावना हुन् सक्ने देखिन्छ तर समय अझै १ बर्ष छ ।
सिएनएनले गरेको मत सर्वेक्षणमा उनी आफ्नो दल भन्दा धेरै कम लोकप्रिय छन्। नयाँ सर्वेक्षणहरूले बाइडेनको दोस्रो कार्यकालको औचित्यमा फेरि शङ्का उब्जिएको छ । यस महिनाको अन्तमा उनि ८१ बर्ष पुग्नेछन ।
मंगलबार प्रकाशित दर्ता मतदाताहरूको नयाँ सिएनएन/एसएसआरएस सर्वेक्षण अनुसार ट्रम्पको पक्षमा ४९ % र बाइडेनको पक्षमा ४५ % देखाएको छ।
सर्वेक्षणले बाइडेनको बहुजातीय लोकतान्त्रिक गठबन्धनमा फाटो र युद्धग्रस्त संसारमा उनको नेतृत्वमा विश्वासको कमीलाई उजागर गर्दछ भनि सिएनएनले समाचारमा लेखेको छ ।
प्रतिक्रिया