अमेरिकाको संसद भवन नजिक बन्दुकसहित एक व्यक्ति प्रहरीद्वारा पक्राउ

इनेप्लिज २०८० कार्तिक २२ गते ०:१९ मा प्रकाशित

अमेरिकाको क्यापिटल (संसद भवन )नजिकैको एक उद्यान (पार्क)मा बन्दुकसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आज नोभेम्बर ७ मंगलबारका दिन उनलाई पक्राउ गरिएको एबिसीन्यूजले जनाएको छ ।

प्रहरीका अनुसार डिसीको युनियन स्टेसन नजिकैको उद्यान (पार्क)मा उनलाई पक्राउ गरिएको हो। संसदका प्रहरी अनुसार उनलाई अत्यन्तै सावधानको साथ गिरफ्तारी गरिएको थियो ।

प्रहरीहरुले उनलाई पक्राउ गरे पछि खतरा नभएको बताए । हामी थप जानकारी सङ्कलन गर्न काम गरिरहेका छौं र तिनीहरू पुष्टि भएपछि थप विवरणहरू राख्नेछौं। “, प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संसद भवन प्रहरी (क्यापिटल पुलिस)का अनुसार एटलान्टाका २१ वर्षीय अहमिर लभोन मेरेललाई हिरासतमा लिइएको छ । मंगलबारको घटना पछिल्ला तीन दिनमा संसद (क्यापिटल )नजिकै बन्दुकधारी पक्राउ परेको दोस्रो घटना हो।

गत आइतवार संसद बाहिर एउटा घेरामा चोरीको गाडी (कार) ठोक्किएपछि दुई जनालाई पक्राउ गरिएको थियो। उनीहरूलाई पक्राउ गर्ने क्रममा दुईवटा हाते बन्दुक भेटिएका थिए ।

प्रहरीहरूलाई मंगलबार अर्ध-स्वचालित हतियार भएको एक व्यक्ति त्यहाँ भएको सचेत गराइएको थियो । प्रहरीले उनलाई रोक्न आग्रह गरे तर उनले मानेनन् । त्यस पछि प्रहरी टिजर अर्थात् बिधुतिय झट्का दिने बन्दुक हाने पछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रहरीका अनुसार उनि मानसिक स्वास्थ्य समस्याहरू जस्ता व्यवहार गरिरहेको संसदका प्रहरी प्रमुख टम म्यान्जरले मंगलबार भने। मेरेल जर्जियामा दर्ता भएका यौन अपराधी पनि हुन्, प्रहरीले भने।

प्रतिक्रिया