संयुक्त राज्य अमेरिका, वासिंटन डि.सी.
Association of Nepalis in the Americas (ANA) का अध्यक्ष खगेन्द्र अधिकारीले नेपालको कर्णाली प्रदेशमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पबाट भएको ठूलो धनजनको क्षतिको खबरले आफूहरु मर्माहत साथै स्तब्ध भएको बताएका छन्।अध्यक्ष अधिकारीले आइतबार, कार्तिक १८, २०८० मा संस्थागत शोक सन्देश सहितको सार्वजनिक प्रेस विज्ञप्ति जारी गर्दै ए.एन.ए. का तर्फ बाट मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
अधिकारीले शोक सन्तप्त परिवारजन तथा घाइतेहरुप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
ए.एन.ए. अध्यक्ष अधिकारीले नेपाल सरकरले स्थानीय तहहरु र सम्बंधित सबै संग सम्पर्कमा रहेर सक्रिय नेतृत्व गर्दै भूकम्प प्रभावित क्षेत्रका नेपाली जनताले भोग्नुपरेको अप्ठयारो पार गरी यशाशक्य छिटो बस्नको लागि आवश्यक पर्ने घरहरु पुनः निर्माण गर्नको लागि पहलकदमी गर्न आवश्यक हुनेछ भनेर आफ्नो संस्थागत प्रेस विज्ञप्तिमा व्यक्त गरेका छन् । विज्ञप्ति मार्फ़त अध्यक्ष अधिकारीले मातृभूमि नेपाललाई यस आपद र विपद्को घडीमा आवश्यक एवं यथोचित सहयोग गर्न हामीले सकेको मानवीय सहयोगको लागि सबै संग सम्पर्कमा रहेर सकारात्मक दृष्टिकोण बाट उपलब्धिमुलक पहलकदमी गर्नु पर्ने हुन्छ भनेर समेत उक्त सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।
शुक्रबार मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
जारी प्रेस विज्ञप्ति अनुसार सो विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना भन्दा धेरै मानिसहरु घाइते भएका छन्।साथै भूकम्पका कारण उक्त क्षेत्रहरुमा भौतिक संरचनामा पनि ठूलो क्षति पुर्याएको छ भनि उल्लेख गरिएको छ।
ईनेप्लिजलाई प्राप्त भए अनुसार, ए.एन. ए. का अध्यक्ष खगेन्द्र अधिकारी बाट जारी गरिएको सार्वजनिक प्रेस विज्ञप्तिलाई जस्ताको तस्तै संप्रेषित गरेका छौं।
प्रतिक्रिया