पछिल्लो मत सर्वेक्षणमा केही महत्वपूर्ण राज्यहरुमा राष्ट्रपति जो बाइडेन भन्दा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडी देखिएका छन् । तर चुनाव हुन् १ अझै बर्ष बाकि रहेको छ ।
ट्रम्पले चार प्रमुख स्विंग (अर्थात् नतिजामा निर्णायक भूमिका खेल्न सक्ने राज्य ) राज्यहरूमा दर्ता भएका मतदाताहरू बीचको श्रृंखलामा राष्ट्रपति बाइडेनलाई पछि पारेका छन् ।
न्यु योर्क टाइम्स र सिएना कलेज(महाबिद्यालय)को नयाँ मतदानले उक्त नतिजा देखाएको छ।
नेभादामा राज्यमा बाइडेनले २०२० को राष्ट्रपति चुनावमा कम्ति अङ्कमा जितेका थिए । तर नया मतदानमा उक्त राज्यमा ट्रम्पलाई ५२ % बाइडेनलाई ४१ % समर्थन गरेको छ ।
ट्रम्पले जर्जियामा पनि बाइडेनलाई पछि परेका छन् । गत राष्ट्रपतिको चुनावलाई उल्टाउने उनको चालको केन्द्रमा थियो अहिले उनि ४९ % र बाइडेन ४३ % मा मात्र रहेका छन् ।
एरिजोनामा पनि ट्रम्पले ४९ प्रतिशत र बाइडेनले ४४ प्रतिशतले अगाडि राखेका छन् । त्यस्तै मिशिगनमा ट्रम्प ५ अङ्कले अगाडी रहेका छन् । अर्थात् ट्रम्प ४८ % बाइडेन ४३ % मा रहेका छन् ।
प्रतिक्रिया