हराउँछु म तिम्रै कल्पानामा म्युजिक भिडियो सर्वजनिक

इनेप्लिज २०८० कार्तिक २० गते ५:०० मा प्रकाशित

बहुभाषि गायक तथा सङ्गितकार सुर्य राईको दनुवार को हराउँछु म तिम्रो कल्पनामाको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राई धेरै लामो समयदेखि नेपाली गीत सङ्गीत क्षेत्रमा सकृय रहेको छ । दर्जनौ भाषा भाषी गीतहरूमा स्वर संगीत दिँदै संगीत क्षेत्रमा नाम कमाइ सकेको छ । यसै क्रममा चर्चित सङ्गितकार मनोज साङसोङ राईको संगीत र संगीतकार संगीता घिसिङ्गको शब्दमा गाउन पाउँदा आफुलाई भाग्यमानी र गौरवान्वित भएको कुरा बताउनु भयो । सङ्गितकार मनोज सङसोङ राईले चकलेटी स्वर रहेको खुशी व्यक्त गर्नुभएको अनुभव सेयर समेत गर्नु भयो ।

माया प्रेममा सिंगारिएको रचनाले उत्कृष्ट स्वर संगीत पाएको गीतकार घिसिङले पनि बताउनु भएको छ ।

भिडियो लाई उत्कृष्ट स्थान चर्चित पर्यटकिय क्षेत्रमा सुटिङ गरिएको थियो । छायांकार सरोज शाहीले विजय के सि र जागृती शाही ठकुरिको रोमान्स अभिनयलाई उत्कृष्ट तरिकाले क्यामरामा कैद गर्नु भएको छ

प्रतिक्रिया