भर्जिनियाको म्याकलिनमा एक प्रहरीले आफ्नै सहकर्मीलाई गोली हान्दा मृत्यु भए पछि प्रहरी पक्राउ

इनेप्लिज २०८० कार्तिक २० गते १:३५ मा प्रकाशित

भर्जिनियामा आफ्नो कार्य(ड्युटी)मा नभएका एक प्रहरीले आफ्नै सहकर्मीलाई गोली हान्दा मृत्यु भए पछि उनलाई पक्राउ गरिएको छ । एबिसीन्यूजका अनुसार अफ-ड्युटी(कर्तब्यमा न रहेका) यूएस पार्क प्रहरी अधिकारीलाई सहकर्मीलाई गोली प्रहार गर्दा मृत्यु भए पछि हत्याको आरोप लगाईएको छ ।

उक्त गोलीकाण्डमा आरोपित अधिकारीले बन्दुकमा गोली नराखेको एबिसीन्यूजले जनाएको छ ।

भर्जिनिया राज्यको म्याक्लिन स्थित एक आवास गृह (अपार्टमेन्ट )भित्र एक सहकर्मीलाई गोली हानेको आरोप लगाइएको अधिकारीहरूले बताए ।

फेयरफ्याक्स काउन्टी प्रहरी विभागका अनुसार युएस पार्क प्रहरी अधिकारी अलेक्ज्याण्डर रोयलाई युएस पार्क प्रहरी अधिकारी जेसी ब्राउन हर्नान्डेजको हत्यामा अनैच्छिक हत्याको आरोप लगाइएको छ ।

गोली काण्डआइतबार स्थानीय समय अनुसार बिहान १२:२० भएको थियो । २५ वर्षीय प्रहरी रोयले खाली ठानेको बन्दुकसँग खेलिरहेका थिए ,उनले २२ वर्षीय प्रहरी हर्नान्डेजलाई शरीरको माथिल्लो भागमा प्रहार गरेको अधिकारीहरूले भने।

फेयरफ्याक्स काउन्टी प्रहरी विभागका अनुसार रोयले भरुवा बन्दुक अन्जानमा हर्नान्डेजलाई गोली प्रहार गरेका थिए ।

गोलाबारीको समयमा उक्त आवासगृह (अपार्टमेन्ट )भित्र ४ जना मध्ये ३ जना अफ ड्युटी(कर्तब्यमा नभएको अवस्था)मा यूएस पार्क प्रहरी अधिकारीहरू रहेको प्रहरीलेहरूले भने।

फेयरफ्याक्स काउन्टीका अधिकारीहरू एक वयस्क पुरुषलाई अन्जानमा गोली हानिएको खबर गरे पछि प्रहरीहरु त्यहाँ आएका थिए ।

जब प्रहरी अधिकारीहरू निवासमा आइपुगे पछि उनीहरूले हर्नान्डेजलाई घटनास्थलमा मृत अवस्थामा फेला पारे ।

अभियोजकहरूसँग परामर्श पछि रोयलाई अनैच्छिक हत्याको आरोप लगाइएको छ । उनलाई फेयरफ्याक्स काउन्टीको कारावासमा आइतबार बिना धरौटी राखिएको छ ।

तस्बिर कृतज्ञता : फेयरफ्याक्स काउन्टी प्रहरी विभाग

प्रतिक्रिया