समाजसेवी तथा सौन्दर्यविद कामना पन्थीको पहलमा भर्जिनियाको फेयरफ्याक्समा आफ्नै व्यवसाय संचालनमा

इनेप्लिज २०८० कार्तिक १९ गते २:०९ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयरफ्याक्स बसोबास गर्दै आएकी समाजसेवी तथा सौन्दर्यविद कामना पन्थीले फेयरफ्याक्स शहरमा आफ्नै सौन्दर्य सम्बन्धि व्यवसाय संचालनमा ल्याएकी छिन ।

गत नोभेम्बर ३ शुक्रबारका दिन एक समारोह बीच उनले संचालनमा ल्याएको सौन्दर्यगृह (ब्युटीपार्लर)लाई फेयरफ्याक्स शहर(सिटी)का नगर प्रमुख ( मेयर)क्याथरिन रिडले उद्घाटन गरिन ।

संचालिका तथा व्यवसायी कामना पन्थीले प्रारम्भ गरेको व्यवसायलाई प्रोत्साहन गर्न नगरका नगर प्रमुख सहित आएको प्रतिनिधिटोलीहरुको उपस्थितिमा नगर प्रमुख क्याथरिन रिड तथा संचालिका कामना पन्थी दुवैले रिबन काटी व्यवसायको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा नगर प्रमुख रिडले मन्तब्यको साथै शुभकामना दिएकी थिइन् भने संचालिका पन्थीले उपस्थित सबैलाई स्वागतको साथै व्यवसाय सम्बन्धी जानकारी गराएकी थिइन् ।

यो टोलीलाई नगर प्रमुख सहित त्यहाँ उपस्थिति गराउन टेरा बोविले अहम भूमिका निर्वाह गरेकी थिइन् भने कार्यक्रम उनले नै संचालन गरेकी थिइन् । कार्यक्रम पश्च्यात खाजाको साथै मायाको चिनो संचालिका पन्थीले प्रदान गरेकी थिइन् ।

कार्यक्रममा फेयरफ्याक्स शहरका स्थानीय संचार माध्यमहरु तथा चन्द्र लामाले ईनेप्लिजको तर्फबाट प्रत्यक्ष प्रसारण समेत गरेका थिए । अन्त्यमा संचालिका पन्थीले सबैलाई एकमुष्ट रुपमा बिशेष धन्यबाद दिएकी थिइन् ।

प्रतिक्रिया