अमेरिका आएका गायक हर्कुलस बस्नेत न्युयोर्कको आफ्नै प्रस्तुतीमा अनुपस्थित ,फरार भएको हो कि भन्ने शॅका उपशंका

इनेप्लिज २०८० कार्तिक १८ गते १९:४८ मा प्रकाशित

सपनाको देश अमेरिकामा सांगीतिक कार्यक्रम गर्न आएका हर्कुलस बस्नेत न्युयोर्कमा आयोजना गरिएको एक सांगीतिक कार्यक्रममा अनुपस्थित भएको आयोजक मध्ये एकले ईनेप्लिजलाई बताए ।

न्यूयोर्क पछि उनको क्यालिफोर्नियामा समेत सांगीतिक कार्यक्रम रहेकोले अझै उनि सम्पर्कमा आएका छैनन ।

अवसरको भूमिमा आए पछि कार्यक्रममा सहभागी नहुनुले शंका उपशंका उब्झिएको छ । कतै उनि फरार भएका त् हैनन् भन्ने अनुमान लगाउन थालिएको छ । कार्यक्रममा उनको प्रस्तुती समेत रहेको थियो ।

सामाजिक संजालमा उनको प्रस्तुति बारे व्यापक प्रचार भै रहेको समयमा उनि सांगितिक कार्यक्रमको लागि पहिलो पटक आफ्नो प्रस्तुती दिन अमेरिका आएका बस्नेत कार्यक्रममा सहभागी नै नभई किन सम्पर्क बाहिर भए भन्ने अनेकन अड्कल काट्न थालिएको छ ।

आयोजकले मध्ये कै एकले दिएको जानकारी अनुसार गत अक्टोबर ३१,२०२३ मंगलबार बोस्टनको कार्यक्रम पछि न्युयोर्क आएका गायक बस्नेत नोभेम्बर १,२०२३ बुधबारका दिन साथीभाई भेट्न गएका गायक नोभेम्बर ३,२०२३ शुक्रबार न्युयोर्कमा हिजो सम्पन्न कार्यक्रममा पनि सहभागी भएनन ।

उनलाई बारम्बार सम्पर्क गर्दा जबाफ नफर्काएको र सामाजिक संजाल मार्फत सन्देश पटक पटक गर्दा संदेश (म्यासेज) हेर्ने तर उत्तर नदिएको जनाईएको छ ।

कार्यक्रम समापन पछि अर्को दिन सम्पर्क गर्दा पनि सम्पर्कमा आएका छैनन् ।

न्यूयोर्कको आयोजकका अनुसार उनि लाइभ एट प्रिजेन्टको मुख्य आयोजनामा पि थ्री (कलाकार) प्रवेशआज्ञा (भिसा) मार्फत अक्टोबर २१,२०२३ अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरबाट सांगीतिक कार्यक्रममा आएका हुन् ।

उनले ३-४ वटा अमेरिकाका शहरहरुमा प्रस्तुति दिई सकेका थिए । उक्त प्रवेशआज्ञा (भिसा) प्राप्तकर्ताले कार्यक्रमको लागि आउने र फर्कनै पर्ने हुन्छ ।

आगामी नोभेम्बर २५,२०२३ भर्जिनियामा अन्तिम सांगितिक कार्यक्रम प्रस्तुति पछि मातृभूमि नेपाल जाने कार्यक्रम तय थियो । तर आयोजकका अनुसार उनि न्युयोर्ककै कार्यक्रममा सहभागी नभए पछि र कुनै खबर नगरे पछि उनि फरार भएको हुन् सक्ने बताए ।

उनले २ दिन अघि नोभेम्बर २ का दिन बिहान २:३९ मा मात्र न्यूयोर्क डरलाग्दो सपना (नाइटमेयर )हो भनि अंग्रेजीमा आफ्नो सामाजिक संजाल (फेसबुक-मेटा)मा लेखेका छन् ।

नेपालीहरूको महान् चाड दसैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकामा पहिलो पटक गायिका अस्मिता अधिकारीको साथमा हर्कुलस बस्नेत पनि सांगीतिक यात्रामा अमेरिका आएका थिए ।

अमेरिकाको १० वटा राज्यको १२ वटा शहरहरुमा कार्यक्रमहरु तय गरिएको थियो । उनीहरूले ड्यालस, एक्रोन ओहायो, बोस्टन, न्युयोर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा कार्यक्रम गर्न आएका थिए । कार्यक्रम अक्टोबर २१ देखि सुरू भएको र कार्यक्रम नोभेम्बर २५ मा सम्पन्न हुने रहेको थियो ।

गायिका अस्मिता अधिकारी यतै रहेकी छिन भने संगै आएका उनि हाल सम्पर्क बाहिर रहेका छन् ।

प्रतिक्रिया