इनास मेरिल्याण्डले शुभ दिपावली शुभकामना साँझ कार्यक्रम गर्दै

इनेप्लिज २०८० कार्तिक १८ गते १:१७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली कालाकार समाज (इनास) मेरिल्याण्ड राज्य शाखाले शुभ दिपावली शुभकामना साँझ कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम आगामी नोभेम्बर १० शुक्रबारका दिनका दिन हुने इनास अमेरिकाका अध्यक्ष राहुल केसीले ईनेप्लिजलाई बताए ।

कार्यक्रम साँझ ६ बजे देखि राती ११ बजे सम्म हुनेछ । समितिले यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण आमाबुवा ,दाजुभाई ,दिदीबहिनी सबैलाई उपस्थिती जनाउन आग्रह गर्दै ईनेप्लिज मार्फत सबै नेपाली समुदायलाई चूलो निम्तो समेत दिएको छ ।

उक्त कार्यक्रममा देउसी भैलो समेत खेलिने छ ।

कम्तिमा पनि २ दर्जन भन्दा ज्यादा कलाकारहरुको सहभागिता रहने छ । बिस्तृत जानकारी लिन ईनास मेरिल्याण्डका अध्यक्ष लक्ष्मण पौडेल तथा अन्य पदाधिकारीहरुसंग सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया