न्यूयोर्कमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसॅग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रम हुदै

इनेप्लिज २०८० कार्तिक १७ गते १६:५६ मा प्रकाशित

न्यूयोर्कमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसॅग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

गत अक्टोबर २९ मा टेक्ससमा भएको पानस अमेरिकाको तेस्रो अधिवेशन उदघाटन कार्यक्रममा प्रमुख अतिथीको रुपमा अमेरिकाको भ्रमणमा रहेका लिङ्देन अहिले बिभिन्न राज्यहरुको भ्रमणमा रहेका छन ।

लिङ्देन नोभेम्बर ४ शनिवारका दिन पानस न्युयोर्कले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

नोभेम्बर ५ मा मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी भएपछि नोभेम्बर ६ मा उनी नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया