मेरील्याण्डमा एक मुसलमान महिला बिरुद्ध क्रोधित तथा घृणित निन्दा

इनेप्लिज २०८० कार्तिक ११ गते २२:५० मा प्रकाशित

अमेरिकाको मेरील्याण्डमा एक मुसलमान महिला माथि एक महिलाले घृणित निन्दा गरेकी छिन ।

महिला क्रोधित हुदै उनलाई गाली गरेकी छिन । उनलाई मेरिल्याण्ड राज्यको बेथेस्डामा क्रोधित निशानामा परेकी एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।

उनलाई गाडी भित्र बस्दै गर्दा बाहिरबाट एक महिलाले निन्दा गरेकी हुन् भने उनले भित्रबाटै आफ्नो संचार थान (घुम्ती यन्त्र)मा अभिलेखन(रेकर्ड )गरेकी थिइन् । गत बिहिबार उनि दिउँसो मेरील्याण्ड राज्यको बेथेस्डा शहरमा घृणित निशानामा परिन ।

उनले बुर्का लगाएकी थिइन् भने उनी उक्त शहरको एक रातो बत्ति भएको समयमा गाडी रोकिएको समयमा उनलाई एक महिलाले गाली दिएकी थिइन् । र औलाले नराम्रो संकेत गरेकी थिइन् ।

पीडितले अभिलेखन( रेकर्ड )गर्न थालेपछि मुठभेड बढेको बताइन्। गाली गर्ने महिला गाडीको अगाडि उभिइन् र गाडीमा पिट्दै र त्यसपछि यात्रुको छेउमा गएर आफ्नो हातले झ्यालमा धेरै पटक हानिन् ,उनले भनिन ।

“त्यसपछि मैले उनलाई गाडीको आवाज (हर्न) बजाउने निर्णय गरे, र ,उनी पछाडि फर्किन् र मलाई चिच्याउन थालिन्, ‘के तपाई आफ्नो कारबाट बाहिर निस्कन चाहनुहुन्छ? तपाई यहाँ आउन चाहनुहुन्छ? के तपाई आफ्नो कारबाट बाहिर निस्कन चाहनुहुन्छ?’’ पीडितले भनिन्।

यो लगभग एक वा दुई मिनेट सम्म चलेको उनले बताइन । पीडितले भनिन्, “म यति धेरै काँपेको थिएँ कि मैले उनलाई पछ्याउने सोचिनँ।” “म केवल मेरो बच्चालाई सुरक्षित राख्न चाहन्थे । मेरो सबैभन्दा ठूलो डर त्यो थियो,उनले मेरो बच्चालाई गाडीमा मलाई केही गर्न सक्छिन ,मैले सोचे । म उनको सुरक्षाको लागि घर जान हतारमा थिएँ ,उनले भानिन ।

मोन्टगोमेरी काउन्टी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ तर यसलाई घृणा अपराध नभई गडबडीको रूपमा वर्गीकृत गरेको छ।

प्रतिक्रिया