मेरिल्याण्डको एक बिद्यालयमा नक्कली बमको धम्की दिने १५ बर्षिय बिधार्थीलाई अभियोग,थुप्रै बिद्यालयहरुमा धम्की

इनेप्लिज २०८० कार्तिक ११ गते १:०६ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टीको बिद्यालयमा नक्कली बमको धम्की दिने १५ बर्षिय बिधार्थीलाई अभियोग लगाईएको एनबिसीवाशिंगटनले समाचार लेखेको छ ।

विभागले काउन्टीका विभिन्न विद्यालयहरू विरुद्ध सातवटा बम धम्कीको लागि १२ वर्षको बालक जिम्मेवार रहेको भनेको एक दिन पछि १५ बर्षिय बिधार्थीलाई अभियोग लगाईएको हो ।

प्रहरीले बमको धम्की पछि गत बिहीबार बिहान पेन्ट ब्रान्च हाई स्कूल (माध्यमिक बिद्यालय )खाली गरेको थियो । जासूसहरूले मोन्टगोमेरी काउन्टी पब्लिक स्कूल(सरकारी बिद्यालय)का कर्मचारीहरूको सहयोगमा दोषी किशोरलाई पहिचान गरिएको अधिकारीहरूले भने।

विद्यार्थीलाई सामूहिक हिंसाको धम्की दिने नाबालिगको रूपमा अभियोग लगाइएको थियो भने उनीहरूका अभिभावकहरूलाई छोडिएको प्रहरीले बताए ।

अक्टोबरमा मात्रै, प्रहरीका अनुसार मेरिल्याण्ड राज्यका बिभिन्न काउन्टीका बिद्यालयहरु क्रमस अल्बर्ट आइन्स्टाइन हाई स्कूल(माध्यमिक बिद्यालय), मोन्टगोमेरी ब्लेयर हाई स्कूल(माध्यमिक बिद्यालय), ओकभ्यू इलिमेन्टरी स्कूल(प्राथमिक बिद्यालय), रकभिल हाई स्कूल(माध्यमिक बिद्यालय), सिल्भर स्प्रिंग इन्टरनेशनल स्कूल र स्प्रिंगब्रुक हाई स्कूल(माध्यमिक बिद्यालय)लाई धम्की दिएका थिए।

मोन्टगोमेरी ब्लेयरलाई यो महिना पाँच पटक धम्की दिइएको थियो।

प्रतिक्रिया