बानाले बाल्टिमोर काउन्टीसंगको सहकार्यमा मानसिक स्वास्थ्य तथ् तन्दुरुस्ती कार्यक्रम गर्दै

इनेप्लिज २०८० कार्तिक १० गते १३:४६ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरको छाता संगठन बाल्टिमोर एसोसिएसन् अफ नेपालिज इन अमेरिका (बाना)ले बाल्टिमोर काउन्टीसंगको सहकार्यमा मानसिक स्वास्थ्य तथ् तन्दुरुस्ती कार्यक्रम गर्ने भएको छ ।

यस क्षेत्रमा बसोबास गर्नु हुने सबै नेपालीसमुदायलाई उक्त मौकाको फाइदा उठाउन बानाले सबैलाई आग्रह गरेको छ । आगामी शनिबार अक्टोबर २८ का दिन उक्त कार्यक्रम हुनेछ ।

मेरिल्याण्डका कम्तिमा पनि १८ वटा संघ/संस्थाहरुले उक्त कार्यक्रमलाई समर्थन जनाएका छन् । कर्यक्रम बिहान १०:३० बजे सुरु हुने र समापन ३:३० बजे हुने अध्यक्ष सुबोध पन्तले ईनेप्लिजलाई बताए ।

कार्यक्रम बाल्टिमोर मै रहेको फ्यामिली किचेन नामक चमेना गृहमा हुने छ भने दिवा भोजको पनि व्यवस्था गरिएको छ ।

Mental Health Wellness नेपाली भाषी मानसिक स्वास्थ्य विशेषज्ञ डाक्टरहरुबाट यही अक्टोबर २८ तारिक शनिबार, बिहान १०:३० बजे देखि दिउँसो ३:३० बजे सम्म हुने छ ।

4132 E Joppa Rd Unit 113B Nottingham, MD 21236 United States

तपाई पनि यो कार्यक्रममा सहभागी हुन चाहनु हुन्छ भने यो फर्म भर्नुहोला : https://docs.google.com/forms/d/e/1FAIpQLSdCwJLq_60S4AqXndToXipvWdKCA10kMDssYy2UCRNsFj1ANg/viewform

प्रतिक्रिया