डिसी महानगर क्षेत्र । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले मान्यजनहरुबाट टीका ग्रहण तथा आशिर्बाद लिई बडा दशैँ मनाएका छन् ।
अझै पनि मनाउने क्रम जारी रहेको छ l किनभने अमेरिकामा १ घण्टा ,२ घण्टा र ३ घण्टाको सम्मको समय फरक हुनाले टीका ग्रहण जारी रहेको छ ।
नेपालमा ११ बजेर ०२ मिनेटको शुभ साईत भएकोले अमेरिकामा त्यहि शुभ साइतमा अधिकांशले टीका लगाएका छन् । तर अमेरिकामा केही नेपाली समुदायले गत सोमबार अर्थात् तिथी अनुसार टिका लगाए ।
यस बिषयमा निकै सामाजिक संजालमा कहिले लगाउने भन्ने बिषयमा बहस समेत भएको थियो ।
आ-आफ्ना तर्क बितर्क पेश गरेका थिए । गत अक्टोबर २३ सोमबारकै दिन टीका लगाएका तस्बिरहरु सामाजिक संजालमा राखेका थिए ।
अमेरिकामा टीकाको चहल पहल ११ :०२ बजे देखि सुरु भै मान्यजनका घरमा गै आशिर्बाद लिएका थिए l
यस बर्षको दशैं मंगलबार परेकोले छुट्टी बिदा नहुनेले साँझपख कामबाट आएर पनि दशैं मनाएका छन् । बर्ष दिनमा आउने नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँ आएकोले कामको दिन परेता पनि नेपाली समुदाय निकै खुशी हुनुको साथै आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्व मनाउन निकै हर्षित देखिन्थे l
अमेरिकामा नेपाली सङ्घ /संस्था तथा नेपाली मन्दिरहरुले समुदायको लागि जमराको व्यवस्था गरि दिए पछि नेपाली समुदायलाई सजिलो बनाईदिएको छ ।
साथै अधिकांश नेपालीहरुले आफ्नै घरमा जमरा पनि राख्न सुरु गरेका छन् ।
बडा दशैको दिन मासुका विभिन्न परिकारमा पक्कु ,भुटेको भुडी ,कलेजो ,रक्ती ,भित्र्यास ,काक्राको खल्पी अचार ,कालो मासको दाल ,तामाबोडी ,सेलरोटी ,केराको बुङ्गोको अचार ,नेपाली शैलीका अचार तथा चिउरा आदि ईत्यादी समेत आफु ,परिवार तथा अतिथिहरुलाई खुवाएका छन् l
पुरुषहरु नेपाली पोशाक दौरासुरुवाल र ढाका टोपीमा देखिन्थे भने महिलाहरु पनि नेपाली शैलीका अधिकांश रातो सारी (फरिया )तथा सुनका गहना सहित सजिएका थिए l
अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका बालबालिकाहरुले टीका जमरा र सौगत स्वरुप खाम भित्र पैसा प्राप्त गर्दा प्रफुल्ल भै रमाएका थिए l
अमेरिकाका बिभिन्न राज्य तथा शहरहरुमा मनोरंजनको लागि तास,कौडा,र लंगुरपूर्जा समेत खेलेका थिए l
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया