निर्बाचन आयोगका पूर्ब निर्बाचन आयुक्त दोलख बहादुर गुरुङ भर्जिनियामा

विश्व राज थापा २०८० कार्तिक ७ गते १०:४४ मा प्रकाशित

ईनेप्लीज
२४ अक्टुबर २०२४

वाशिंगटन डिसी – निर्बाचन आयोगका पूर्ब निर्बाचन आयुक्त दोलख बहादुर गुरुङ अमेरिका भ्रमणमा हाल: भर्जिनिया आईपूगेका छन् ।

नेपालमा गणतन्त्र आएपछीको निर्बाचनमा राजनैतिक दलहरुको बिबादले घोषणा गरिसकिएको निर्बाचन नै स्थगित हुने स्थितीमा पुगेको बेलामा तोकिएको समयमै निर्बाचन सम्पन्न गराएर मुलुकलाई ठूलो संकटबाट जोगाउनमा तत्कालिन् निर्बाचन आयुक्त दोलख बहादुर गुरुङले ठूलो भूमिका निभाएका थिए ।

यस अघि , नर्थ क्यारोलिनाको नेपाली संस्था ट्राईड सेन्टरको आयोजनामा ग्रिन्सबोरो नर्थक्यारोलिनामा दोलख बहादुर गुरुङ संग एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो र वाशिंगटन डिसी स्थित नेपाली दूतावासमा राजदूत श्रीधर खत्रीले दोलख बहादुर गुरुङलाई स्वागत गरेका थिए ।

यही अक्टुबर २२ शनिबार राती ११ बजे भर्जिनिया आईपूगेका पूर्ब निर्बाचन आयुक्त दोलख बहादुर गुरुङ चितवन मेडिकल कलेजका पूर्ब मुटु ( कार्डिओलोजी ) प्राध्यापक डा० केशर बहादुर गुरुङ कहाँ चार्लोत्ट्सभिल भर्जिनियामा छन् र उहाँको छोरी ममिता गुरुङ पनि अमेरिकाको औषधीबिज्ञ ( फर्मासिस्ट ) छिन् ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया