भर्जिनियाका १४ बर्षीय किशोरद्वारा क्यान्सर(अवुर्द)रोगसँग लड्ने साबुनको आविष्कार ,शीर्ष युवा वैज्ञानिक घोषित

इनेप्लिज २०८० कार्तिक ६ गते १३:०९ मा प्रकाशित

अमेरिकाको फेयरफ्याक्स काउन्टीका होनहार किशोर हेमन बेकेले छालाको क्यान्सर(अवुर्द)को उपचार गर्ने साबुन आविष्कार गरेकोमा “अमेरिकाको शीर्ष युवा वैज्ञानिक” द्वारा सम्मानित भएका छन् ।

फेयरफ्याक्स काउन्टी नवौं कक्षामा अध्ययनरत हेमन बेकेले मन्द श्रेणी (लो ग्रेड छाला)को अवुर्दको उपचार गर्न नमुना गरिएको साबुन सिर्जना गरेपछि अमेरिकाको शीर्ष युवा वैज्ञानिकको नाममा पारेका हुन् ।

उत्तरी भर्जिनियाको वुडसन माध्यमिक बिद्यालय (हाई स्कूल)मा अध्ययनरत छन् भने बेकेलेले आफ्नो गर्मी मौशममा अवुर्द रोग निको पार्न काममा बिताएको एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।

मन्द श्रेणी छालाको अवुर्दसँग लड्न निर्माण गरिएको साबुनको सिर्जना गरेकोमा उनलाई “अमेरिकाको शीर्ष युवा वैज्ञानिक” नाम दिइएको छ ।

“म छालाको अवुर्द उपचारको समतामूलक र पहुँचयोग्य रूपको लागि सम्पूर्ण विश्वको लागि एक मार्ग खोज्न प्रयास गर्न चाहन्छु,” बेकेलेले भने ।

१४ वर्षीयले यसलाई छालाको अबुर्द उपचार गर्ने साबुन भने । साबुनले छालामा डेन्ड्रिटिक नामक कोशिकाहरू भरिन्छ, जसले छालालाई बचाउन र अवुर्दसँग लड्न मद्दत गर्दछ। चिकित्सकले दिएको निर्देशनपत्र (प्रिस्क्रिप्शन )पाएपछि एक–दुई दिनमा छालामा साबुन लगाउन सकिने बेकेले बताए ।

साबुन बनाउनुअघि उनले भर्जिनिया विश्वविद्यालयका प्राध्यापक (प्रोफेसर)हरूलाई अनुसन्धानमा मद्दत गर्न पुगेका थिए । साबुन विकास गरेपछि बेकेले सेन्ट पल, मिनेसोटामा डिस्कभरी शिक्षाको ३एम युवा वैज्ञानिक चुनौतीमा प्रतिस्पर्धा गर्न प्रवेश गरेका थिए । नौ विद्यार्थीहरू मध्ये, उनले २५,००० डलरको शीर्ष पुरस्कार जित्न सफल भए । अमेरिकाको शीर्ष युवा वैज्ञानिकनाम द्वारा सम्मानित भएका छन ।

प्रतिक्रिया