मेरिल्याण्डको एक बालहेरचाह गृहमा बाल दुर्व्यवहारको अङ्कियदृश्य(भिडियो )सामाजिक संजालमा व्यापक भए पछि कार्यकर्ता पक्राउ र अभियोग

इनेप्लिज २०८० कार्तिक ६ गते ०:२१ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको एक बालहेरचाह गृह(डेकेयर)मा बाल दुर्व्यवहारको अङ्कियदृश्य(भिडियो )सामाजिक संजालमा व्यापक भए पछि कार्यकर्तालाई पक्राउ गरिएको र उनीलाई अभियोग चलाईएको छ ।

प्रहरी २३ वर्षीय अक्सन हिल बालहेरचाह गृहकी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको एबिसी७ न्यूजले जनाएको छ । उक्त अङ्कियदृश्य (भिडियो)मा कथित रूपमा एक बच्चालाई पाखुराले उठाएको र भुइँमा फ्याँकिएको देखाए पछि उनिलाई पक्राउ गरिएको थियो ।

प्रहरी अधिकारीहरूले मेरिल्याण्ड अक्सन हिलकी २३ वर्षीया कायला ग्रीनवेललाई हिरासतमा लिइएको बताए। प्रहरीले गत शुक्रबार अक्सन हिल बाल हेरचाह गृहले बालबालिकालाई आक्रमण गरेको देखाउने धेरै अङ्कियदृश्य (भिडियो)हरू प्राप्त गरे। प्रहरी अन्वेषकहरू तुरुन्तै उक्त स्थान गए, जहाँ उनीहरूले प्रमाणहरू सङ्कलन गरे र पक्राउ पुर्जी तुरुन्तै जारी गरे।

अधिकारीहरूका अन्सौर प्रारम्भिक अनुसन्धानले ग्रीनवेलले गत बुधवार आफ्नो संचार घुम्ती यन्त्र (सेल फोन)मा बच्चाहरूलाई दुर्व्यवहार गरेको अभिलेख (रेकर्ड) गरेको खुलासा भयो। ग्रीनवेलले गत मार्चको अन्त्यमा उक्त बाल हेरचाह गृहमा आफ्नो रोजगारी सुरु गरेको प्रहरीले भने।

उनीमाथि बाल दुर्व्यबहार र आक्रमणको धेरै संख्यामा आरोप लगाइएको छ र उनी सुधार विभागको हिरासतमा छिन्।

तस्बिर कृतज्ञता : प्रिन्स जर्ज काउन्टी राज्यको अधिवक्ताको कार्यालय

प्रतिक्रिया