डिसी क्षेत्रमा दशैँका सम्पूर्ण तयारी लुगा सहित अन्य सामानहरु भारी छुटमा धमाधम बिक्री हुदै

इनेप्लिज २०८० कार्तिक ४ गते १९:३७ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रको भर्जिनियाको एल्डी नामक शहरमा संचालित लिजा ब्युटी फेशन हब नामक पसलमा दशैँका सम्पूर्ण तयारी लुगा सहित अन्य सामानहरु भारी छुटमा धमाधम बिक्री भै रहेको संचालक गोपाल चौधरीले ईनेप्लिजलाई बताए ।

उनको भर्जिनियाको दुई स्थान मनासस तथा एल्डी शहरमा बिक्री कक्ष राखिएको छ । अन्य पसलहरुको तुलनामा सुपथ मूल्य र बिशेष छूट समेत राखिएकोले यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले लाभ उठाई रहेको चौधरीले भने ।

दशैँ बिशेष छुट भएकोले सबैलाई बिशेष छुटमा लाभ उठाउन आग्रह गर्दै एक पटक मौका दिन समेत उनले अनुरोध गरेका छन् । दशैका लागि महिला दिदी बहिनिहरुका लागि सारी, कुर्ता सुरुवाल,लेहेङ्गा चोली,पुरुषहरुका दौरा सुरुवाल,महिला तथा बालबालिकाका पोशाक,दशैँका अन्य सरसामानहरुमा बुद्धका मुर्ति,टीका र जमरा राख्ने थाली ,नक्कली सहित बिबिध सामग्रीहरु समेत बिक्रीमा राखिएका छन् । १५० डलरको खरिदकर्तालाई उपहारको व्यवस्था समेत राखिएको जनाए ।

त्यहाँ आएका ग्राहकहरुले त्यहाँ बिक्रीका लागि राखिएका समानहरु सुपथ र सस्तो समेत लागेको समेत ईनेप्लिजलाई आफ्नो प्रतिक्रिया दिए । साथै संचालक चौधरीले बिधुतिय प्रणालीसमेतबाट राम्रो बिक्री भै रहेकोमा हर्ष व्यक्त गर्दै अहिले निकै व्यस्त रहेकोले राती ११ बजे सम्म हामी ग्राहकको सेवामा रहेको बताए ।

कुनै पनि सामान खरिद गर्नु परेमा र बुझ्नु परेमा सिधै लिजा ब्युटी फेशन हब नामक पसललाई गुगलबाट समेत खोज गर्न सकिने चौधरीले ईनेप्लिजलाई जानकारी दिए । साथै सबै आफ्ना ग्राहक र नेपाली समुदायलाई बडा दशैको शुभकामना समेत दिए ।

प्रतिक्रिया