नास्कद्वारा आयोजित विजयादशमी कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० कार्तिक ४ गते १८:०९ मा प्रकाशित

नेपाल अमेरिका सोसाईटि अफ केन्टकि (नास्क) को आयोजनामा विजयादशमीको पहिलो दिन अर्थात घटस्थापनाको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । सो कार्यक्रममा केन्टकि राज्यको लुइभिल शहरमा बिभिन्न पेसा र ब्यवसाय गरी बसोबास गरिरहनु भएका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो सभामा छिमेकी सहर लेक्जिन्टनबाट सामाजिक अभियान्ताहरू समेत आतिथ्य स्वीकार गरि उपस्थि हुनुभएको थियो ।

उक्त कार्यक्रममा गायक बिष्णु डुम्रेले सांगितिक पस्तुति दिदै कार्यक्रमलाई उल्लासमय बनाउनुभएको थियो भने स्थानिय कलाकारहरुले सामुहिक तथा एकल साँस्कृतिक नृत्य प्रस्तुत गरी भरपुर मनोरन्जन प्रदान गर्नुभएको थियो । साथमा केहि सर्जकहरुले साहित्यिक रचनावाचन समेत प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले स्थापनाकालदेखि बिभिन्न रचनात्मक कियाकलाप संयोजन गर्दै आएको छ । प्रवासमा हुर्कदै गरेका दोश्रो पुस्ताका बालबालिकाहरूका लागि नेपाली भाषा पाठशालाको सन्चालन, नेपाली कला, साहित्य साँस्कृतिको सम्वर्धन, खेलकुद प्रतियोगिताको आयोजना एवंम् बिभिन्न सामाजिक क्रियाकलापहरूमा संस्था सक्रिय रहेको उक्त संस्थाका अध्यक्ष बद्री दाहालले जाकारी दिनुभयो ।

लुइभिल सहरमा दिनानुदिन बढ्दै गएको नेपाली समूदाय डायस्पोरालाइ लक्षित गरी स्यानीय सिटि काउन्सिलमा नेपाली भाषालाइ पनि सरकारी कामकाजका प्रयोजनार्थ अतिरिक्त भाषाका रूपमा दर्ता गर्न अग्रसरता लिनुपर्ने समूदायको सुझाब रहेको छ ।

प्रतिक्रिया