इजरायली नागरिक अब बिना प्रवेशाज्ञा (भिसा )अमेरिका जान पाउने

इनेप्लिज २०८० कार्तिक ३ गते ११:३५ मा प्रकाशित

इजरायली नागरिकहरु अब बिना प्रवेशाज्ञा (भिसा )अमेरिका जान पाउने भएका छन् ।

योग्य इजरायली नागरिक र नागरिकहरूले अब बिना प्रवेशाज्ञा भिसा ९० दिन सम्मको लागि संयुक्त राज्य अमेरिका यात्रा गर्न सक्ने भएका छन् । अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस) ले बिहीबार उक्त घोषणा गरेको हो भने आगामी नोभेम्बर ३० देखि सुरु हुने बताएको छ ।

बाइडेन प्रशासनले गत महिना इजरायल भिसा वेभर प्रोग्राम (बिना भिसा) घोषणा गरेको थियो । जसमा योग्य यात्रुहरूलाई प्रवेशाज्ञा बिना अमेरिका प्रवेश गर्न आवेदन दिन अनुमति दिन्छ। कार्यक्रमले नोभेम्बर ३० देखि आवेदनहरू लिने अपेक्षा गरिएको थियो, तर घोषणाले अमेरिकाले अब आवेदनहरू स्वीकार गर्न थाल्नेछ भनि सिएनएनले जनाएको छ ।

योग्य यात्रुहरूले अमेरिकी भन्सार र सीमा सुरक्षाको यात्रा स्वीकृतका लागि बिधुतिय प्रणाली मार्फत अधिकारपत्र (अथोराइजेसन)को लागि बिधुतिय आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया