अमेरिकाको मेरिल्याण्ड अदालतका न्यायाधीशको घरबाहिर गोली हानी हत्या

इनेप्लिज २०८० कार्तिक ३ गते १०:५७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यका सर्किट (दौडाहा इजलास )अदालतका न्यायाधीश एन्ड्रयू विल्किन्सनलाई घरबाहिर गोली हानी हत्या गरिएको छ।

पीडितलाई बन्दुकको गोली लागेको जस्तो देखिएको एबिसीन्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

मेरिल्याण्डको वाशिंगटन काउन्टी शेरिफको कार्यालयले दौडाहा इजलास (सर्किट )अदालतका न्यायाधीश ५२ बर्षिय एन्ड्रयू विल्किन्सनलाई बिहीबार राती गोली हानी मारिएको पुष्टि गरेको छ।

लगभग राति ८ बजे प्रहरी सहायकहरू मेरील्याण्डको ह्यागर्सटाउन शहरको ओल्डे वाटरफोर्ड नामक सडकमा खबर प्राप्त गए पछि त्यहा पुगेका थिए । उक्त स्थान बाल्टिमोरको लगभग ८० माईल उत्तरपश्चिममा पर्छ ।

“पीडित, एक वयस्क पुरुष, निवासको आफनै आगनको बाटोमा रहेका थिए । पीडितलाई बन्दुकको गोली लागेको जस्तो देखिएकोले उनलाई मेरिटस चिकित्सा केन्द्रमा लगिएको थियो, जहाँ उनको पछि उनको मृत्यु भयो,” अधिकारीहरूले भने।

सम्भावित संदिग्धको बारेमा कुनै थप जानकारी प्रदान गरिएको छैन भने हत्याको अनुसन्धान भै रहेको छ । विल्किन्सनले जनवरी १०, २०२० देखि वाशिंगटन काउन्टीको चौथो न्यायिक अदालतमा सेवा गरेका थिए ।

विल्किन्सनलाई धेरै पटक गोली हानेर मृत्यु भएको देखिन्छ। प्रहरीले हत्यारालाई सक्रिय रूपमा खोजिरहेको छ। न्यायाधीश विल्किन्सनको परिवारको लागि यस समयमा प्रार्थना गर्नुहोस भनि सबैमा प्रहरी बिभागले आह्वान गरेको छ ।

प्रतिक्रिया