विदेशिएका नेपालीको विदेशी बन्नु पर्दाको बाध्यता र रामकुमारी झाक्रीको आक्रोश ! चिरफार !

शशी के.सी २०८० कार्तिक ३ गते ०:३२ मा प्रकाशित

यतिखेर सोसल मिडियामा रामकुमारी झाक्रीले नेपालमा हुंदै गरेको एनआरएनएको सम्मेलनमा मंचमा बोलेको भिडियो शेयर गरेर सबैले ठिक भनिन भन्दैछन् । त्यो भिडियोको उनले बोलेको मात्र सानो अंशहेर्दा उनको भनाई ठिक हो भन्ने नै लाग्छ ।

नेपालको नागरिकता त्यागेर विदेशी भई सकेकाहरूलाई फेरी नेपालको बेग्लै किसिमको आर्थिक, सांस्कृतिक अधिकार सहितको एनआर एन नागरिकता दिएकै हो नेपाल सरकारले , भलै त्यसमा भोटहाल्ने अधिकार चाहीं छैन् । यो नॅंया नागरिकताको कारणले नेपालीमुलका विदेशी नागरिकहरू तिन पुस्तासम्म नेपालसॅंग जोडिन पाउने भए । लाखौं पितृभुमी नेपाल भएका दोस्रो, तेस्रो पुस्ताका नेपालीविदेशमा जन्मी सके । तिनीहरूलाई कसरी नेपालसॅंग जोड्न सकिएका भन्ने चिन्ता थियो । त्यो चाहींनेपाल देशले अहिले दिएको नागरिकताले समाधान भयो । हो यो स्वागत योग्य निर्णय नै हो नेपालदेशको । धन्यवाद नै दिन्छु ।

लाखौं पितृभुमी नेपाल भएका दोस्रो, तेस्रो पुस्ताका नेपालीविदेशमा जन्मी सके । तिनीहरूलाई कसरी नेपालसॅंग जोड्न सकिएका भन्ने चिन्ता थियो । त्यो चाहींनेपाल देशले अहिले दिएको नागरिकताले समाधान भयो ।

तर त्यति हुंदाहुंदै पनि विदेश पढन गएका नेपालीलाई विदेशी बन्न बाध्य पार्ने को ? त्यो सबै त यिनै रामकुमारी झाक्री जस्ता सत्ता आफ्नो हातमा लिएका र तिन दशकदेखि सत्ता कब्जा गरेर बसेका बिभिन्न राजनितिक पार्टीहरूको हो की होईन् ?

पिडा भोग्नेलाई थाहा छ । को , किन, कसरी बिदेशी नागरिक बन्न बाध्य भए । त्यो कार्यक्रमको पुरै भिडियो हेरियो भने बुझिन्छ , अरू दुई बक्ताहरूले के पोखे पिडा । जवरजस्ती बाध्यताले नेपालकोबंशजको नागरिकता त्याग्नु पर्दाको पिडा पोखेछन् तिनीहरूले ! सबै रहरले विदेशी भएका पनि हैनननी। १७ हजार नेपाली मर्न पर्ने गृहयुद्ध कस्ले मच्यायो ? कसरी विदेशिएकाहरू चाहेर पनि आफ्नो देश फर्कन पाएनन् । नेपालका राष्ट्रभक्त सैनिक र प्रहरीहरू लडाईं लड्दा लड्दा अति भएर कसरी रातारात भागेर विदेशिए । धन्न शान्ति प्रिय नेपाली, आफु भोकभोकै बसेर पनि अहिले सत्ता तिनैलाई सुम्पेर गरिखाओ भनिराछन् !

सदिऔं देखि दशैं नेपाल देशको प्रमुख चाड हो । भलै अहिले बिरोध गर्ने बढेका छन् । दशैंको छुट्टीमा शहरबाट गाउॅं र विदेशबाट नेपाल फर्कने पुरानो चलन नै हो । तर यतिखेर काठमाडौंको अंन्तराष्ट्रियएयरपोर्ट जाने हो भने देश फर्कने भन्दा देश छोड्नेहरूको लाईन लामो छ । अझै विदेशिने बढ्दैछन् ।

धन्न देशको मायाले, दशैंको मुखमा दशैं नेपालमा रहेका प्रिय आफन्तहरूसॅंग मान्न फर्कि आएका, बाध्यताले विदेशी बनाईएका र अझै पनि देशलाई केही गर्छु भन्ने र गरिरहेका नेपालीमुलकाविदेशीलाई तेसरी अपमान गर्ने ? अतिथि देवो भव : भन्ने नेपालीको परम्परासम्म पनि बिर्सिछिन् ।

मंचमा आएर भाषण दिन त मज्जा आउॅंछ । उनले जे भनिन, त्यो त अमेरिका, बेलायत, अष्ट्रेलिया रयुरोपेली देशहरूमा बसोबास गर्ने नेपालीहरूप्रति नेपालका धेरै मानिसहरूले राख्ने नकारात्मकदृष्टिकोण र भन्ने गरेको धारणा न हो । उनी त त्यही दृष्टिकोणको एक प्रतिनिधि पात्र न हुन ।

त्यो कार्यक्रमको पुरै भिडियो हेर्दा दुवै तर्फका तर्कहरू आ- आफ्नो ठाउॅंमा सही नै छन् । तर दुबै तर्फलेआफ्नो सीमाना नाघेर ज्यादा आक्रोशित शैलीमा नचाहिने बोलेको चाहीं प्रष्ट देखिन्छ । दुबै थरीकोभन्ने तरीका चाहीं गलत नै हो ।

तर दुबै तर्फलेआफ्नो सीमाना नाघेर ज्यादा आक्रोशित शैलीमा नचाहिने बोलेको चाहीं प्रष्ट देखिन्छ ।

गज्जब लागेको त नेपालका बिभिन्न पोलिटिकल पार्टी काग्रेंस , एमाले, माओवादी , मधेशवादी , राजावादी, रास्वपा आदीका संसारभर भातृ संस्था खोल्न चाहीं हुने, अनि देश (बिगार्ने / सपारे भन्ने ? ) नेता आउॅंदा खादामाला लिएर एयरपोर्ट तछाड मछाड गर्दै कुदन पनि हुने तर भोट हाल्ने अधिकारसहितको बंशजको नागरिकता नै दिनु पर्ने थियो भन्न चाहीं नहुने ?

अझ रामकुमारी झाक्रीको कुरा सुन्दा त म त भन्छु विदेश बसेर नेपालका नेताको चाकडी बन्द गर्नु पर्छसबैले ! विदेशमा खोलिएका नेपालका बिभिन्न पोलिटिकल पार्टीका भातृ संस्था आजै देखि सबैतुरून्त बन्द गर्दा हुन्छ । ती सबैको केही काम नै छैन । अनि नेपालको चुनावको बेला तेरो, मेरो पार्टीभन्दै विदेशबाट पैसा उठाउन जरूरी नै देख्दिन ।

उनले बिहान उठेर आंखा मिच्दै विदेशबाट नेपालको नेतालाई गाली नगर्दा हुन्छ भनिन । हैन नेपालका नेताहरूले के गर्व गर्न मिल्ने काम गरेका रहेछन् र तारीफ गरिदिनुपर्ने ? बोल्दा बिचार गर्नु , जवरजस्तीविदेशी बन्न पुगेका पहिलो पुस्ताका केही नेपालीले मात्र हो दिनरात नेपालको बारेमा विदेशबाट चासोराख्ने । दोस्रो, तेस्रो पुस्ता धेरैको त पितृभुमी नेपाल छ । तिनीहरूलाई नेपालको बारेमा चासो त के , मतलव पनि छैन् ।

त्यस्तै कति तुच्छ किसिमले रेष्टुरेन्टमा काम गर्दा फुर्सद नभए होला नागरिकता बारेमा थाहा नभएकोसम्म भन्न भ्याईन् । विदेशमा जे काम गरेपनि मेहेनत गरेर खाएका छन् । कसैको चोरेर , लुटेर तखाएका छैनन् नी । पुरै भिडियो हेर्नु हो भने उनले झपारेर भनेको कुराले त हत्तपत्त रिस नउठ्नेको पनिपारो पक्कै तात्छ । तेही हो त नेपालका नेताको बोल्ने शैली ?

नेपाली विदेश जाने चलन नौलो हैन । तर विदेश गएर उतै हराउने चलन चाहीं नौलो भईदियो आजकल। नेपाली रहरले, बाध्यताले, आवश्यकताले र ठुलो अवसर पाएर नै विदेश जान्छ । नेपालमा जोबसिरहेका छन् , ती सबै नेपालको मायाले बसिरहेका पनि हैनन् र जो विदेश गएर विदेशी बने ती पनिनेपालको माया नलागेर बनेका त पक्कै पनि हैनन् । समय , काल , परिस्थिती अनुसार सबैको अवस्था बदलिंदै गएको हो र बदलिनु पनि पर्छ । कति नेपाली आफु त जेनतेन नेपालमा नै बसे । तर तिनलेसंतानलाई विदेश जानबाट रोक्न त सकेका छैनन् नै ।

समय , काल , परिस्थिती अनुसार सबैको अवस्था बदलिंदै गएको हो र बदलिनु पनि पर्छ । कति नेपाली आफु त जेनतेन नेपालमा नै बसे !

आफु हट्टाकट्टा हुंदा अमेरिका जिन्दगी जान्न भन्नेहरू, संतान अमेरिकन भई दिंदा बुढेशकालमाअमेरिकाको ग्रीनकार्ड लिएर निल्नुकी ओकल्नु , नेपाल / अमेरिका ओहोरदोहोर गरि रहने नेपाली पनि देखेको छु । त्यस्तै नेपालमा माओवादीले युद्ध गरेर आतंक फैलाई रहेकोबेला पढाई सकेर आफ्नो रसंतानको सुरक्षाको लागि नेपाल फर्केर जान नसक्दा बाध्यताले जवरजस्ती अमेरिकन बन्नु परेकानेपालीहरूको पिडा पनि नजिकैबाट देखेको छु ।

नेपाललाई माया गर्न नेपालमा नै बस्नु पर्छ भन्ने छैन् । विदेशबाट पनि नेपालको लागि धेरै गर्न सकिन्छ। धेरैले आपतबिपत पर्दा आर्थिक सहयोग , आफ्नो सीप , ज्ञान र नेपालमा लगानी गरेर बिभिन्न क्षेत्रमारोजगारी पनि दिईरहेका नै छन् । हस्पिटल, बैंक, होटेल, जलबिधुत आयोजना, पशुपतिनाथमाक्रियापुत्री बस्ने भवन आदी विदेशी नेपालीको लगानीमा नेपालमा संचालन भई रहेको छ ।

शशी के.सी

लेखिका

प्रतिक्रिया