टेक्ससमा आयोजित एक मेलामा ३ जनालाई गोली प्रहार ,संदिग्ध पक्राउ

इनेप्लिज २०८० असोज २८ गते १९:१७ मा प्रकाशित

अमेरिकाको टेक्ससमा आयोजित एक मेलामा ३ जनालाई गोली प्रहार गरिएको प्रहरीले जनाएका छन् । साथै प्रहरीले संदिग्धलाई पक्राउ गरिएको बताए ।

सिबिएसन्युजका अनुसार एक २२ वर्षीय संदिग्धलाई टेक्ससको राज्य मेला (स्टेट फेयर)मा शनिबार राति गोलाबारी पछि गिरफ्तार गरिएको थियो ।

जसमा तीन जना खतरा मुक्त रहेको ड्यालस प्रहरी विभागले जनाएको छ।

बेलुका करिब ७:४५ बजे शनिबार ड्यालस प्रहरीले मेलाको टावर बिल्डिङ नामक स्थानमा भएको घटनामा खबर पाए पछि प्रहरी त्यहाँ पुगेका थिए । गोली चल्दा दुई पुरुष र एक महिला सहित तीन वयस्क घाइते भएका थिए ।

प्रहरीले २२ बर्षिय क्यामरन टर्नरलाई गिरफ्तार गरिएको र उनलाई तीनवटा गम्भीर आक्रमणको आरोप लगाइएको विभागले खुलासा गरेको छ ।

“संदिग्ध व्यक्ति घटनास्थलबाट भागे, तर अधिकारीहरूले उनलाई भेट्टाए र हिरासतमा लागिएको एक विज्ञप्तिमा जनाईएको छ । “एक बन्दुक पनि बरामद भएको छ। संलग्न व्यक्तिको पनि पहिचान भइसकेको छ। अनुसन्धान जारी छ।”बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

मेला आइतबार दिउँसो २ बजे फेरि खुल्नेछ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया