क्यानडाको ब्राम्प्टन नगरमा ” सगरमाथा उद्यान” 

इनेप्लिज २०८० असोज २८ गते १८:०७ मा प्रकाशित

ब्राम्प्टन, बृहत्तर टोरोन्टो क्षेत्रको ब्राम्प्टन नगरमा ” सगरमाथा उद्यान” को नामाकरण अनाबरण गरिएको छ। कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि ब्राम्प्टन नगरका मेयर पाट्रिक ब्राउनले यो उद्यान नेपाल र क्यानडाको मित्रताको प्रतिक हो भन्नु हुदै ब्राम्प्टनको बहु सास्कृतिक ईन्द्रेणीमा नेपाली समुदायको योगदानको कदर गर्दै नगर परिषदले यो उद्यानको नाम ” सगरमाथा उद्यान” नामाकरण गर्न अनुमोदन गरिएको हो भन्नु भयो। साथै उहाँले आफ्नो नेपाल भ्रमणको स्मरणगर्दै आफ्ना सहयोगि काउन्सिलरहरुलाई पनि नेपाल भ्र्मण गर्न उत्साहित गर्नु भयो भने निकट भबिष्यमा नेपाली समुदायले यस उद्यानमा बिभिन्न महत्वपूर्ण कार्यक्रमहरु आयोजना गरिने आशा गर्नु भयो।

कार्यक्रममा बोल्नु हुदै फेडरेशन अफ क्यानडा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष एबम सामाजिक अभियन्ता बिजय पौडेलले यो कार्यक्रम नेपाली समुदायको लागि ऐतिहासिक कार्यक्रम भएको बताउदै ब्राम्प्टनका मेयर , काउन्सिलरहरु तथा नगर परिषदलाई धन्यबाद ब्यक्त गर्नु भयो। साथै उहाँले ब्राम्प्टन नगरसंग नेपालका बिभिन्न शहर संग भगिनित्व सम्बन्धको लागि प्रयास भैरहेको जानकारी दिदै यो सगरमाथा उद्यानको नामाकरणले क्यानडामा नेपालको प्रतिनिधित्वको प्रतिकको रुपमा कालान्तर सम्म रहि रहने बिस्वास ब्यक्त गर्नु भयो।

सो कार्यक्रममा बोल्नु हुन्दै उद्यान अभिग्रहण गर्ने संस्था नेपलिज कम्युनिटि नेटवर्क अफ क्यानडाका सभापति नर बहादुर क्षेत्रीले उद्यानको नामाकरण योजना ब्राम्प्टन नगर र नेपाली समुदायको सुन्दर एबम महत्वपूर्ण सहकार्य भएको जनाउनु हुन्दै नाम छनौटकोलागि संस्थाले नेपाली समुदायको बृहत बैठक गरि छनौट गरिएको बताउनु भयो। उद्यानमा अझै अरु सुबिधा तथा स्तर बृद्दिको कार्यक्रम हुने बताउनु हुन्दै यो उद्यान नेपाली समुदायको लागि कोशेढुंगाको रुपमा रहने बताउनु भयो। उहाँले उद्यानको नामाकरण स्विकृतिकोलागि ब्राम्प्टन नगर लगायत सम्पूर्ण लाई धन्यबाद ब्यक्त गर्नु भयो।

ब्राम्प्टन नगरका काउन्सिलर नबजीत कौर ब्रारले संचालन गरेको र अर्का काउन्सिलर डेनिस केनिनको समेत उपस्थिति रहेको सो कार्यक्रममा मेयर पात्रिक ब्राउनले संस्थाका सभापति नरबहादुर क्षेत्रीलाई उद्यानको नामको प्रतिकृति हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा बृहत्तर टोरोन्टो क्षेत्र स्थित बिभिन्न सामुदायिक संस्थाका पदाधिकारीहरु एबम उल्लेख्य रुपमा नेपाली समुदायको उपस्थिति थियो।

प्रतिक्रिया