दशैं तिहार महोत्सव २०२३ भव्यताको साथ सम्पन्न ,कालीप्रसाद बास्कोटा,परिजिता बास्तोला ,फिरोज स्याङ्गदेन ,हिमालयन ड्रिम्स लगायतको बेजोड प्रस्तुति

विजय थापा २०८० असोज २८ गते ११:२० मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा दशैं तिहार महोत्सव २०२३ भव्यताको साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रम भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीको फेयरग्राउण्ड नामक स्थलमा भएको थियो ।

गत अक्टोबर १४ शनिबारका दिन सम्पन्न कार्यक्रममा दिनभरी चिसो मौषम,हिउँदे वर्षा भएता पनि अन्तिम समय सम्म दर्शकहरुले आफ्ना प्रिय कलाकारहरुलाई साथ दिई कार्यक्रमले ऐतिहासिक सफलता हासिल गरेको छ ।

उक्त कार्यक्रममा गायक तथा गीतकार कालीप्रसाद बास्कोटा मुख्य आकर्षणका केन्द्र रहेका थिए । उनले आधा दर्जन भन्दा आफ्ना कालजयी र प्रसिद्ध गीत प्रस्तुत गरेका थिए । उनले गीत गाउँदा दर्शकले सबै गीतमा स्वरमा स्वर मिलाई साथ दिएका थिए । अर्थात् उनले गीत सुरुवात गर्नु अगाडी नै दर्शकले पुरै गीत गएका थिए ।

उनले गीत प्रस्तुत गर्नु अघि वर्षा सुरु भएता पनि दर्शकहरुले छाता ,पानी छेक्ने झिलझिले ओढ्ने वस्त्र (प्लास्टिक )प्रयोग गरेर भएता पनि अन्तिम समय सम्म साथ दिएका थिए ।

दर्शकहरु हर्ष र खुसीले बर्षाको कुनै वास्ता नगरी झुमेका थिए । बास्कोटाले अमेरिका आए पछि एक ब्याण्ड(संगीत मण्डली )निर्माण गरि प्रत्यक्ष रुपमा आफै सांगीतिक उपकरण प्रयोग गर्दै आफ्ना सबै गीत गएका थिए ।

अमेरिकाको न्युह्याम्सरबाट आएका हिमालयन ड्रिम्सको टोलीले आधा दर्जन भन्दा आफ्ना मुर्चुङ्गा सहितको बेजोड प्रस्तुति गरेको थियो ।

यसै गरि अमेरिकी द भ्वाइसकि ८ औ स्थान अर्थात् सेमीफाइनलमा पुगेकी बाल्टिमोरकी नेपाली छोरी परिजिता बास्तोलाले पनि नेपाली र अंग्रेजी गएकी थिइन् । उनले अमेरिकामा जन्मेको भएता पनि नेपाल कहिले नगएको र अर्को साल नेपाल जाने र प्रस्तुति समेत गर्ने बताइन ।

यस्तै गरि अन्तिम प्रस्तुतिमा फिरोज स्याङ्गदेन तथा उनको ब्याण्ड (संगीत मण्डली)ले बेजोड प्रस्तुति गरेका थिए । उनले देश प्रेम गीतबाट सुरुवात गर्दै आधा दर्जन गीत प्रस्तुत गरेका थिए । त्यस्तै अमेरिकामै जन्मेकी भर्जिनिया सेन्टरभिलकी नेपाली छोरी प्रकृति देउजाले नेपाली र अंग्रेजी गीत गाएकी थिइन् ।

मुख्य सांगीतिक प्रस्तुति ६ बजे पछि गरिएता पनि दिउसो १ बजे देखि स्थानीय कलाकारहरुले बिभिन्न प्रस्तुति गरेका थिए । थुप्रै प्रस्तुति मध्ये अमेरिकाको भर्जिनियामा मै जन्मेकी रेहाना दाहालको बिशेष प्रस्तुती अद्वितीय रहेको थियो ।

त्यस्तै गरि न्युयोर्कबाट आएका कलाकार तथा जादुगर महादेव त्रिपाठीले दुई पटक फरक समयमा प्रस्तुति गरेका थिए । उनको प्रस्तुति दर्शकले खुब प्रशंसा गर्दै उनले नेपाल आमाको बारेमा केही भन्दै गर्दा दर्शक भाबुक समेत भएका थिए ।

साँझ ६ बजे पछि स्थानीय मोक्ष मन्त्र ब्याण्ड (संगीत मण्डली )लगायत समेतले प्रस्तुति दिएका थिए ।

दशैँ तिहार फेस्ट अर्थात् दशैँ तिहार महोत्सव २०२३ वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली समुदाय तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी आयोजना गरिएको हो ।

अमेरिकामा बसोबास गरिरहेका नेपाली र विदेशीमाझ नेपाली संस्कृतिको प्रवर्द्धन गर्नका लागि आयोजित महोत्सवले अपार सफलतापूर्वक सम्पन्न भएको छ ।

महोत्सवमा दशैं बजार, नेपाली खानाका परिकार, नेवारी खाना, थारु खाना ,सेलरोटी, गहना पसल र लुगा तथा अन्य विभिन्न सामानका प्रदर्शनी कक्षहरु रहेका थिए । महोत्सवमा दिउँसोको समय मंगलधुन, लाखे नाच, रथ प्रदर्शनी लगायतका सांस्कृतिक कार्यक्रम तथा तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति भएका थिए ।

महोत्सव थ्री इन्टरटेन्टमेन्टले आयोजना गरेको थियो । दशैँ तिहार महोत्सवमा प्रथम भाग्यशाली चिट्ठा बिजेतालाई अमेरिकाबाट नेपाल जाने र आउने टिकट प्रदानको साथै दोश्रो भाग्यशाली बिजेताले अमेरिका भित्रै ४५० डलर सम्मको लागि आन्तरिक यात्रामा अमेरिकामा यात्रा र ,तेश्रो चिट्ठा बिजेतालाई ६५ इन्चको टिभी (दूरदर्शन )प्रदान गर्ने उद्देश्यले चिट्ठाको पनि घोषणा गरिएको थियो ।

गत बर्ष सफलतापूर्वक सम्पन्न दशैँ तिहार महोत्सव २०२३ दोश्रो महोत्सव हो । दिउसो देखि नै संचालन रहेको कार्यक्रममा राजश्री श्रेष्ठ,कलाकार निशा अधिकारी ,प्रसिद्ध कलाकर पवनकली मम्पी घोष लगायतले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रम अनेष्ट रियल स्टेटले आयोजना गरेको हो भने अन्जना बुढाथोकीले सबैलाई धन्यबाद दिएकी थिइन् । कार्यक्रम बीच मेरिल्याण्ड राज्यका नेपाली मूलका बिधान सभा सदस्य डा ह्यारी भण्डारी सहित बिदेशी स्थानीय नेताहरु समेतले शुभकामना सहित छोटोमा आफ्ना भनाई राखेका थिए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया