हार्दिक धन्यवाद
आदरणीय नेपाली समुदाय,
बडा दशै तिहार, नेपाल सम्बत्, छट तथा ल्होच्छार चाडपर्वहरुका उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
सन् २०१७ देखि केसी डान्स सेन्टरले प्रस्तुत गर्दै आइरहेको विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रम ‘कलिवुड नाइट’ को पाचौँ श्रृङ्खला गत अक्टुबर ७, २०२३ का दिन भर्जिनियाको मनाससमा सम्पन भएको छ । साथै कार्यक्रमलाई सफल बनाउन करीब ६ महिनादेखि अहोरात्र खट्नुहुने सम्पूर्ण कलाकार एवं स्वयंसेवकहरूलाइ सम्मान तथा प्रमाणपत्र वितरण कार्यसमेत अक्टुबर ८, २०२३ मा सम्पन्न भएको छ ।
अमेरिकामा नृत्य मार्फत नेपाली कला संस्कृतिलाई जगेर्ना र फैलाउँदै यहाँ हुर्कँदै गरेका पुस्तामा हस्तान्तरण गर्ने मूल उद्धेश्यका साथ केसी डान्स सेन्टरको स्थापना भएको हो । वर्षमा एकदिन चाडवाडको अवसर पारेर तिनै हुर्कँदै गरेका पुस्तालाई हौसला प्रदान गर्न अनि समुदायलाई विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले हरेक वर्ष ‘कलिवुड नाइट’ सञ्चालन गर्दै आइरहेका छौँ ।
आफ्नो अति व्यस्त समय निकालेर करिब ६ महिना देखि अभ्यास कार्यमा उपस्थित भई आफ्नो क्षमता, सीप र कला प्रस्तुत गर्नुहुने सम्पूर्ण कलाकारहरुलाई के.सी. डान्स सेन्टर हार्दिक आभार व्यक्त गर्दछ ।
त्यसै गरी अभिभावकहरुले आफ्ना साना छोराछोरीहरुलाई उपस्थित गराई, कार्यक्रमलाई आफ्नै कार्यक्रम ठानी पु¥याउनु भएको सहयोगका लागि केसी डान्स सेन्टर सदासदा ऋणी रहने छ ।
यस्तै हामीलाई कार्यक्रम गर्न हिम्मत र साथ प्रदान गर्नुहुने सम्पूर्ण विज्ञापनदाता तथा स्पोन्सरहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
सबै स्वयंसेवकहरु जो विगत ४÷५ महिना देखि हरक्षण कार्यक्रमकालागि हरेक प्रकारका व्यवस्थापन तथा प्राविधिक कामहरूमा खटेर कार्यक्रम सफल बनाइदिनु भएकोमा हामी अत्यन्तै आभारी छौँ । तपाईहरुको खटाइ, साथ, सहयोग, सुझाव यसरी पाउन नसकेको भए यो कार्यक्रम यो स्तरमा सफल हुन सक्ने थिएन । सम्पूर्ण स्वयंसेवक तथा प्राविधिक पाटोमा निस्वार्थ सहयोग गर्नुहुने सबै प्रति हार्दिक आभार ।
विशेष धन्यवाद र आभार व्यक्त गर्दछौँ – कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण दर्शक महानुभावहरुलाई । तपाई दर्शक महानुभावहरु हाम्रा लागि विशेष सम्माननीय हुनुहुन्छ । तपाईहरुको यो उपस्थिति नै हाम्रो उर्जा हो, सम्पत्ति हो, र हाम्रो मिहिनेतको सामाजिक अनुमोदन हो । तपाई सम्पूर्ण दर्शक महानुभावहरुमा हामी शिर निहुराएर धन्यवाद अर्पण गर्दछौँ । आउँदा दिनहरुमा पनि हामी यसरी तपाईहरु प्रति आभार व्यक्त गर्न पाइरहौँ ।
यस्तै हाम्रा गतिविधि, सूचना, जानकारी तथा समाचारलाई समुदायसम्म पु¥याएर हरक्षण केसी डान्स सेन्टर र कलिवुड नाइटलाई जोड्ने सेतुको काम गर्नुहुने सम्पूर्ण पत्रकार तथा मिडिया हाउसलाई पनि हामी विशेष आभार व्यक्त गर्दछौँ । विशेष धन्यवाद ।
कुनै पनि प्रकारको औपचारिकता (भासन, आसन, सम्मान) रहितको कार्यक्रम गर्ने, तोकिएको समयमा कार्यक्रम शुरु गरेर तोकिएकै समयमा समापन गर्ने अनि छुट्टै कार्यक्रमको आयोजना गरेर कलाकार तथा स्वयंसेवकहरूलाई सम्मान गर्ने कार्यलाई ‘कलिवुड नाइट’ ले यस वर्ष पनि निरन्तरता दिएको थियो । नेपाली सङ्गीत आकाशके चम्किलो तारा सुप्रशिद्ध गायिका श्री इन्दिरा जोशीज्यूको प्रमुख आतिथ्यता अक्टुबर ८, २०२३ का दिन हरक्षण खटेर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने कलाकार, स्वयंसेवक तथा प्राविधिकहरूलाई धन्यबाद ज्ञापन र प्रमाणपत्र वितरण कार्य सम्पन्न गरिएको छ ।
प्रमाणपत्र वितरणको सिलसिलामा प्रमुख अतिथि जोशीले ‘नेपालमा समेत विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रम देख्न मुस्किल हुँदै गइरहेको अवस्थामा अमेरिकामा अझ त्यस माथि पनि नेपाली भाषा बोल्न नै गा¥हो हुने सानासाना नानीबाबुहरूको अत्यन्त्यै उत्कृष्ट प्रस्तुतीले म धेरै नै प्रभावित भएको छु । यो कलिवुड नाइट व्यावसायिक (प्रोफेस्नल) भन्दा भावनात्मक (इमोस्नल) रहेको पाएँ’ भन्दै आयोजक तथा कालाकारहरूलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो । प्रमुख अतिथि तथा कलिवुड नाइट २०२३ को प्रमुख आकर्षण सप्रशिद्ध गायिका श्री इन्दिरा जोशी प्रति केसी डान्स सेन्टर तथा कलिवुवड नाइट परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
सम्पूर्ण अतिथिहरू तथा उपस्थित महानुभावहरूलाई हार्दिक धन्यवाद ।
हामी हरेक वर्ष कार्यक्रममा नया पन थप्दै दर्शकहरूलाई पूर्ण मनोरञ्जन दिनेकुरामा विशेष ध्यान दिने गर्दछौँ । यसो गरिरहँदा सहयोगीहरू तथा दर्शकहरूको चाहना अनुसार कतिपय कुराहरू हामीले गर्न नसकेका वा त्यस्ता विषयमा ध्यान नपुगेको पनि हुनसक्छ । अतः कार्यक्रमको तयारी देखि समापनसम्म आइपुग्दा आयोजक, स्वयंसेवक तथा कलाकारहरुको तर्फबाट यदि कुनै गल्ती कमजोरी हुन गएका रहेछन् भने हामी माफी चाहन्छौँ ।
यसैगरी तोकिएको समयमा नै हल भित्र आइपुग्नु भएका दर्शकहरूको सम्मान गर्दै तोकिएको समयमा कार्यक्रम सञ्चालन गरिएको हुँदा विविध कारणले ढिला आइपुग्नु भएका दर्शकहरूले शुरुका केही प्रस्तुतीहरू हेर्न पाउनु भएन । यसमा हामी धेरै दुखी छौँ ।
हाम्रा गल्ती, कमजोरी र सुधारका पक्षहरुलाई जानकारी गराई आगामी कार्यक्रमलाई अझ स्तरीय बनाउन सहयोग पु¥याइदिनुहुनेछ भन्ने आशा राखोका छौँ । आशा छ यहाँहरूका सुझाव तथा सल्लाहले आगामी वर्ष अझ उत्कृष्ट कार्यक्रम ल्याउन सहयोग मिल्नेछ ।
अन्त्यमा, कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न प्रत्यक्ष वा परोक्षरूपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्था, कलाकार, दर्शक, मिडिया, प्राविधिक, स्वयंसेवक, अभिभावक लगायत सम्पूर्णलाई पुनः एक पटक ‘केसी डान्स सेन्टर’ तथा ‘कलिवुड नाइट २०२३’ परिवार हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ । आउँदा दिनहरुमा समेत यहाँहरु सबैबाट यस्तै साथ र सहयोग प्राप्त भइरहने आशा राखेका छौँ ।
किनकीः
तपाईहरुको उपस्थिति, हाम्रो हौसला ।
धन्यवाद ।
नविन केसी÷लुना श्रेष्ठ
संस्थापक÷सञ्चालक÷नृत्य निर्देशक
प्रतिक्रिया